English

एकैदिन ६ हजार ६ सय ४८ जनाले जिते कोरोना



नेपालमा एकैदिन ६ हजार ६ सय ४८ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट मुक्त हुने दर ७४ दशमलव ६ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा ७ हजार ३ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १० हजार २ सय ६३ पुगेको छ । जसमध्ये, ७ हजार ८ सय ८ जना संस्थागत आइसोलेसन र १ लाख २ हजार ४ सय ५५ जना होम आइसोलेसनमा छन् ।

आज काठमाडौं उपत्यकामा २ हजार ६ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । त्यसमध्ये, काठमाडौंमा १ हजार ८ सय ८१ जना, भक्तपुरमा २ सय ९२ जना, ललितपुरमा ४ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हाल १ हजार ३ सय १३ जना आइसीयुमा उपचाररत छन् । जसमध्ये ३ सय ८० जनाको भेन्टिलेटरमा उपचाररत भइरहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा १ सय ४५ जना संक्रमितले ज्यान गुमाएका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested