English

होम आइसोलेसनमा बस्दा शरीरमा अक्सिजन घट्न थाले के गर्ने ?



दैनिकजसो कोरोना संक्रमितको संख्या उकालो लागिरहेको छ । अस्पतालका बेड संक्रमितले भरिसकेका छन् । अक्सिजनको अभाव छ । त्यसो त अधिकांश संक्रमित यतिबेला घरमै बस्न बाध्य छन् ।

घरमै बस्दा अक्सिजनको कमी भएमा के गर्ने ? कुन औषधि खाने ? अक्सिजनको मात्रा बढाउने घरेलु उपाय के–के हुन् ? भन्ने बारे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले दिएको सुझाव यस्तो छ :

अक्सिजन घटेको कसरी थाहा पाउने ?

सबैसँग पल्स अक्सिमिटर हुन्छ भन्ने छैन । त्यसैले अक्सिजनको मात्रा कति छ भनी बुझ्न गाह्रो हुन्छ । तैपनि शरीरमा देखिएका केही लक्षणका आधारमा शरीरमा अक्सिजन कम भएको थाहा पाउन सक्छौं । संक्रमण भएको पाँचौं र छैटौं दिनमा श्वास फेर्न गाह्रो हुनु, अप्ठेरो हुनु, शरीर सिथिल हुनु, श्वासको गति बढ्न थाल्यो भने अक्सिजनको कमी भयो भनेर थाहा पाउनुपर्छ ।

अक्सिजन कम भए घरमै के गर्ने ?

होम आइसोलेसनमा बस्दा अक्सिजन कम भएको महसुस हुनासाथ तत्काल घोप्टो परेर सुत्ने । यसले फोक्सोको क्षमता बढाई शरीरमा अक्सिजनको मात्रा बढाउन सहयोग गर्छ । यसलाई प्राकृतिक भेन्टिलेटर पनि भनिन्छ । त्यति गर्दा पनि गाह्रो भयो भने अस्पताल जानुपर्छ ।

कस्तो औषधी खाने ?

अक्सिजनको कमी हुदाँ सुरुमा त घोप्टो परेर सुत्ने । घरमा अक्सिमिटर छ भने अक्सिजन को मात्रा नाप्ने छैन भने स्वास प्रस्वासको गति एकदमै तिव्र छ र सास फेर्न असहज भएको छ भने ‘स्टेरोइड’ नामक औषधि खान सकिन्छ । त्यसको साथै ‘प्रेडनिसोन’ ६ एमजी खाना पछि खान सकिन्छ ।

अक्सिजनको कमी हुन नदिन के गर्ने

– होम आइसोलेसनमा बस्दा श्वासप्रस्वासमा समस्या आयो सुत्दा असहज भयो भने घोप्टो परेर सुत्ने ।
– उत्तानो परेर नसुत्ने
– कोठाको झ्याल भेन्टिलेसन खोलेर हावा आवत–जावत गर्न सहज बनाउने ।
– माथि उल्लेख गरिएको औषधीहरुको सेवन गर्ने ।

औषधिको सेवनले पनि अक्सिजनको कमी भइरह्यो केही सुधार आएन भने वा असहजता बढ्दै गयो भने तुरुन्त अस्पताल जानुपर्छ । यदि अस्पतालमा बेड खाली छैन भने चिकित्सकसँग सम्पर्क गर्नुपर्छ । चिकित्सकको सल्लाह अनुसार औषधिको सेवन गर्नुपर्छ ।

(डा. बास्तोलासँग कुराकानीमा आधारित)



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested