English

कोका–कोलाको ‘भरौँ खुसी’ अभियानले जोड्दैछ परिवारको खुसीयस अभियानमा हवाई तथा बस टिकट जित्ने सुवर्ण अवसर



काठमाडौँ : अधिकांश नेपालीहरूका लागि दशैँ भनेको पुस्तौँदेखि चलिआएको परम्परा धान्न घर फर्कने र परिवारसँग भेटघाट गर्ने समय हो। तर, दशैँमा घर फर्किनका लागि टिकट पाउन भने धेरैलाई कठिन हुने गर्छ। यही समस्यालाई ध्यानमा राख्दै कोका–कोलाले ‘भरौँ खुसी’ दशैँ अभियान २०२६ सञ्चालनमा ल्याएको छ। यस अभियानले दशैँको खुसीलाई थप विशेष बनाउनुका साथै घर फर्किने यात्रालाई सहज बनाउन सहयोग गर्ने उद्देश्य राखेको छ।‘भरौँ खुसी’ अभियान सुरू भएदेखि नै सयौँ सहभागीहरू फ्लाइट र बस टिकट भौचर विजेताका रूपमा छनोट भइसकेका छन् भने अरू धेरैका लागि पनि यसमा सहभागी हुने, टिकट जित्ने र आफ्ना परिवारसँग दशैँ मनाउन घर जाने अवसर अझै बाँकी रहेको छ।

भदौ १८ देखि कात्तिक २९ (तदनुसार सेप्टेम्बर ३ देखि नोभेम्बर १५, २०२६) सम्म लागू हुने यस योजनाले सहभागीहरूलाई दशैँ विशेष २.२५ लिटर र १.५ लिटर कोक, स्प्राइट र फ्यान्टाको पेट बोटलमा उपलब्ध क्युआर कोड स्क्यान गरी वेबसाइटमार्फत रजिस्टर गरेर भौचर जित्ने मौका प्राप्त गर्न आह्वान गर्दछ । कोका–कोला बोटलर्स नेपालका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अजय कोनालेले भन्नुभयो, “दशैँ भनेको प्रायः टाढा रहेका परिवार र आफन्तहरू एकै ठाउँमा भेला हुने समय हो । नेपालीहरूका लागि दशैँमा घर फर्कनु र परिवारसँग समय बिताउनु कति धेरै अर्थपूर्ण हुन्छ भन्ने हामी बुझ्दछौँ । ‘भरौँ खुसी’ मार्फत हामी यीनै भेटघाटहरूलाई सहज बनाउन सहयोग गर्ने भूमिका निर्वाह गरिरहेका छौँ ।”

यस अभियान अन्तर्गत विशेष टिभिसि (टेलिभिजन विज्ञापन) पनि प्रशारण भइरहेको छ जसमा कोका–कोलाका ब्रान्ड एम्बेसेडरद्वय प्रदीप खड्का र स्वस्तिमा खड्काको अभिनय रहेको छ । उक्त टिभिसिमा दशैँमा घर फर्कँदा महसुस गरिने व्यग्र प्रतीक्षाका पलहरू र सँगै हुँदाका आत्मीय क्षणहरूलाई कलात्मक र भावनात्मक रूपमा प्रस्तुत गरिएको छ । विशेषतः काम, पढाई वा अन्य विविध कारणले आफ्नो गृहजिल्लाभन्दा टाढा बस्दै आएकाहरूका लागि दशैँ परिवारसँग सँगै हुने अवसर हो । यस अभियानले यी भेटघाटहरूको महत्त्वलाई उजागर गर्दछ । साथै, नेपालीहरूले वर्षदिनमा एकपटक आउने महान चाड आफ्ना प्रियजनहरूसँगै एकै ठाउँमा रही मनाउनका लागि गर्ने हरेक प्रयास र समर्पणलाई पनि ‘भरौँ खुसी’ अभियानले आत्मसात गर्दछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

Latest










Popular
Suggested