English

विशिष्ठ कलाकार भुवन, चैत्यदेवी र वसुन्धराद्वारा ‘साथी राइड’ शुभारम्भ



काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार भुवन चन्द, चैत्यदेवी सिंह र वसुन्धरा भुसालले संयुक्त रूपमा ‘साथी राइड’को शुभारम्भ गरेका हुन् । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चलचित्रकर्मी, कलाकार, प्राविधिक, लेखक, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।

कार्यक्रममा वक्ताहरूले प्राकृतिक विपत्ति र बुढीगण्डकी क्षेत्रमा आएको बाढीबाट जनजीवन प्रभावित भएको सन्दर्भ उल्लेख गर्दै यस वर्षको दशैं सचेत र सामान्य रूपमा मनाउन आग्रह गरे । चाडपर्वमा अनावश्यक तडकभडक गर्नुभन्दा नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा जोड दिनुपर्ने उनीहरूको भनाइ थियो । विशिष्ट चलचित्रकर्मी कृष्ण मल्ल, लय संग्रौला, रविन्द्र खड्का, आकाश अधिकारी, भुइँसाल लामा, मनोज आचार्य र घनश्याम खतिवडाले नेपाली कला, संस्कृति र चलचित्रले समाजको जनजीवन प्रतिबिम्बित गर्ने बताउनुभयो । उहाँहरूले नेपाली जनशक्ति र प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै स्वदेशी सेवा तथा उत्पादनको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए।

संघका अध्यक्ष केसीले घटस्थापनाको अवसरमा दशैंको शुभकामना आदानप्रदान गर्नुका साथै नेपाली जनशक्ति, रोजगारी र अर्थतन्त्रलाई आधार बनाएर सञ्चालनमा ल्याइएको साथी मोबिलिटी प्रालिको ‘साथी राइड’लाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा राइजिङ स्टार बोर्डिङ स्कुल र एनके डान्स ग्रुपले सामूहिक नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै, सविता कार्की र सम्वृद्धि भण्डारीले दशैं विशेष नृत्य प्रस्तुत गरेका थिए । गायक आनन्द कार्की, राजन चौलागाई, विनोद ढकाल, सुमित खड्का र कृष्णराज भण्डारी तथा गायिका सारिका घिमिरे र अनु गौतमले सांगीतिक प्रस्तुति दिएका थिए । कार्यक्रमकै अवसरमा ‘साथी राइड’ एप डाउनलोड गर्ने राइडर तथा प्रयोगकर्तामध्ये पाँच-पाँच जनालाई गोलाप्रथामार्फत पुरस्कार प्रदान गरिएको थियो । छनोट भएका राइडरलाई हेलमेट तथा प्रयोगकर्तालाई एयरबड वितरण गरिएको थियो । सांस्कृतिक प्रस्तुतिमा सहभागी कलाकारलाई प्रमाणपत्र र विशिष्ट चलचित्रकर्मीलाई उपहारस्वरूप कप प्रदान गरिएको थियो ।

कार्यक्रममा चलचित्र विकास बोर्डका निर्वातमान अध्यक्ष दिनेश डिसी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का पूर्व अध्यक्ष साहित्यकार राधेश्याम लेकाली, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, गीतकार संघका अध्यक्ष वसन्त बित्यासी थापा, बरिष्ठ कलाकार किरण केसी ‘रातामकै’, कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ, चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी र चलचित्रकर्मीहरूको अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष लव प्याकुरेल पुजना प्रधान, तेजुला कतिवडा, श्रीदेव भट्टराई, पवन खतिवडा, जीवन थापा, ईन्द्रलामा खमम्वे, नवीन श्रेष्ठ, सुलेमान संकर, छुल्टिम गुरुड, पुरन जोशी, लव शर्मा, किरण केसी, एनबी महर्जन, आरपी पन्त, वसन्त खत्री, रामशरण जंगम, सुवाष गजुरेल, उत्सव केसी, माधव खरेल, भोला अधिकारी मीना पुरी, जयन्त रेग्मी, देवेन्द्र पाण्डे, अमर वली, कमलकान्त मैनाली, सपना श्रेष्ठ, पुकार भट्टराई, मानबहादुर थापा, नम्रता खरेल, दिनेश अवाल, सुमन सागर, दीपक अधिकारी, सुपा खनाल, रामेश्वर बुर्लाकोटी, कृष्ण सिवाकोटी, रामशरण कोईराला, झरना रिजाल लगायतको सहभागीता थियो ।

साथी मोबिलिटी प्रालिको विशेष सहयोगमा सम्पन्न कार्यक्रमले ‘साथी राइड’को प्रयोग विस्तार गर्नुका साथै नेपाली प्रविधि र स्वदेशी सेवाको प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रमको सञ्चालन नेपाल चलचित्र कलाकार संघका सचिव गोपाल ढकाल ‘छन्दे’ले गर्नुभएको थियो । लक्ष्मी पूजाको दिन कार्तिक २२ गते साथी राइडमा लकी विजेताहरूले एक जनाले स्मार्ट फोन, पाँच जनाले स्मार्ट घडी र १५ जनाले इयरबड जित्ने जनाइएको छ ।

तस्बिर : सुरेन्द्र थापा ‘स्माइल’



...
hosted voip business

Nice post. I learn something totally new and challenging on websites

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested