प्याङ्गोलिन ट्राभल्सका सुरेश खत्रीले ‘विङ्स अण्डर फोर्टी’ मा ‘द योङ्गेस्ट ट्राभल आन्टरप्रेनर अवार्ड’ जिते
नेपालको पर्यटन क्षेत्रमा नौलो सोच, आधुनिक प्रविधि तथा अन्तर्राष्ट्रिय पहुँच पुर्याउँदै उल्लेखनीय योगदान गरिरहेका प्याङ्गोलिन ट्राभल्स प्रा. लि.का प्रबन्ध निर्देशक सुरेश खत्रीले ‘विङ्स अण्डर फोर्टी’ मा ‘द योङ्गेस्ट ट्राभल आन्टरप्रेनर अवार्ड’ जितेका छन् । २०८३ बैशाख २५ गते काठमाडौंस्थित होटल लो मुस्ताङमा आयोजना गरिएको विशेष कार्यक्रममा प्याङ्गोलिन ट्राभल्सले स्थापनाको छोटो समयमै उल्लेखनीय उपलब्धि हासिल गर्न सफल भएको तथा युवा उमेरमै अपत्यारिलो प्रगति गरेको भन्दै उक्त अवार्ड प्रदान गरिएको हो । प्याङ्गोलिन ट्राभल्सका सुरेश खत्री पछिल्लो समय आईएटा सर्टिफिकेसन प्राप्त गर्दै ट्राभल व्यवसायलाई नयाँ उचाइमा पुर्याउने सबैभन्दा कान्छा उद्यमीका रूपमा परिचित छन् ।
टिकटिङ, होटल बुकिङ, भिसा सेवा तथा होलिडे प्याकेजमा विशेष दख्खल राख्दै आएको प्याङ्गोलिन ट्राभल्सले अनलाइन पोर्टल ‘मेरोउडान डट कम’ समेत सञ्चालनमा ल्याइसकेको छ । धेरै एयरलाइन्सहरूको उत्कृष्ट ट्राभल एजेन्सीका रूपमा परिचित प्याङ्गोलिन ट्राभल्सले जापान, अष्ट्रेलिया तथा अमेरिकी सेक्टरका हवाई टिकटिङमा विशेष दख्खल राख्दै आएको छ । “मेरो एप्रोच र मेरो मेहनतलाई रिकग्नाइज गर्दै ‘विङ्स अण्डर फोर्टी’ अन्तर्गत ‘द योङ्गेस्ट ट्राभल आन्टरप्रेनर अवार्ड’ प्रदान गर्नुभएकोमा विशेष धन्यवाद व्यक्त गर्दछु,” प्याङ्गोलिन ट्राभल्स प्रा. लि.का प्रबन्ध निर्देशक सुरेश खत्री भन्छन्, “युवा उद्यमीहरूको हौसला बढाउन आयोजना गरिएको यस अवार्ड कार्यक्रमका आयोजक ग्लोबल एक्रिडिएसन काउन्सिलको यो कदमको उच्च सम्मान गर्दछु ।” ग्लोबल एक्रिडिएसन काउन्सिलद्वारा आयोजित ‘विङ्स अण्डर फोर्टी’ कार्यक्रमको सह-आयोजक यात्रा म्यागेजिन रहेको थियो भने फोन पे, एसआरएम भीजी तथा सूर्यज्योति लाइफ इन्स्योरेन्सले कार्यक्रमलाई प्रायोजन गरेका थिए ।
युवा पर्यटन व्यवसायीलाई विशेष अवसर र प्रोत्साहन दिने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा ‘ग्लोबल भिसा सेवा डट कम’ को आधिकारिक लञ्च समेत गरिएको थियो । सबै प्रकारका भिसा सेवा अनलाइनमार्फत प्रोसेस गरिने विशेषता रहेको यस वेबसाइटमार्फत भिसा आवेदन दिँदा आवेदकले नेपाली रुपैयाँमै नेपाली बैंकिङ च्यानल प्रयोग गरी सेवा शुल्क भुक्तानी गर्न सक्नेछन् । ‘विङ्स अण्डर फोर्टी’ मा ४० वर्षमुनिका युवा उद्यमीले सञ्चालन गरेका ट्राभल एजेन्सी तथा तिनका सञ्चालकहरूलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो । ‘बेस्ट इनबाउन्ड ट्राभल एजेन्सी’ मा थार्मसेकु ट्राभल्सकी डिकी शेर्पा, ‘दि वुमन लिडर’ मा रियान ट्राभल्स एण्ड टुर्सकी गीता ढकाल, ‘बेस्ट इन लक्जरी होलिडे प्लानिङ’ मा लाइफस्टायल होलिडेजका सुमेध शाक्य, ‘बेस्ट होटलियर वुमन’ मा सीजी होल्डिङ्सकी विधात्री चौधरी तथा ‘दि मस्ट अवार्डेड ट्राभल एजेन्सी’ मा ह्याम्लेट टुर्सका जीवन कोइरालाले अवार्ड जितेका थिए ।
त्यस्तै, ‘दि मस्ट डाइभर्सिफाइड ट्राभल एजेन्सी’ मा सेभेनस्टार इन्टरनेशनल ट्राभलका विष्णु प्रसाद कँडेल, ‘बेस्ट ओटीए’ मा फ्लाइट्स ज्ञानीका माधव कँडेल, ‘दि फास्टेस्ट ग्रोइङ ट्राभल एजेन्सी’ मा इम्पायर ट्राभल्सका विराज दाहाल, ‘टप सेलर’ मा रोमिङ नेपालका समीर बरालकोटी, ‘दि योङ्गेस्ट ट्राभल आन्टरप्रेनर वुमन’ मा सासा टुर्सकी सोनी राणा तथा ‘दि योङ्गेस्ट ट्राभल आन्टरप्रेनर’ मा प्याङ्गोलिन ट्राभल्सका सुरेश खत्रीले अवार्ड जितेका थिए । त्यसैगरी, ‘बेस्ट ट्राभल इन्फ्लुएन्सर’ तर्फ सिसन बानियाँले अवार्ड जित्न सफल भए भने ‘दि मस्ट इन्फ्लुएन्सिङ पर्सोना’ मा सोल्टी होटल्सका भाइस प्रेसिडेन्ट सुदर्शन चौलागाईं सम्मानित भएका थिए ।










hvac installation cost
Good post! We will be linking to this particularly great post on our site. Keep up the great writing