महाशिवरात्रिको अवसरमा ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक
महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान शिवको महिमा गाइएको भजनलाई कलाकार द्धय घिमिरे र रमणले नयाँ शैलीमा ल्याएका हुन् । यस शिव भजनमा शब्द गायिका स्वयम् घिमिरेको रहेको छ भने संगीत गायक रमणले नै गरेका छन् । संगीत संयोजन भने संजय हमालको रहेको छ । यस भजनलाई मिक्सिङ मास्टरिङ विशन मानन्धरले गरेका छन् । उक्त भजनको अडियो रिङ् स्टुडियोमा रेकर्ड भएको हो । सार्वजनिक शिव भजन एकदम छमछम नाच्ने टाइपको बनेको छ, साथै भिडियो पनि एकदम मनमोहक बनेको छ गायिका रुचि घिमिरे बताउँछिन्।
भजनको भिडियोमा गायिका रुचि घिमिरे, गायक दीपक रमण, सन्तोष कुमाल, कृतिका पौडेल, निर्बिशा राउत, अन्जी तामांङ, अस्मिता तामाङ, रामकृष्ण सिलवालका साथै सन्तमान श्रेष्ठ, विकेश महर्जन, राजेन्द्र कुमार सिलवाल, दिनेश रमण डंगोल, रश्मि सिंह, समिक्षा धिमाल, पुर्णान्जली कुँवर, सुर्य मान श्रेष्ठको ग्रुप नृत्य सहितको मनमोहक अभिनय देख्न पाइन्छ । भजनको भिडियोमा निर्देशन दीपक रमण, नृत्य निर्देशन कृष्ण प्रसाद पौडेल, छायांकनर सम्पादन बिरेन्द्र भाट बिपिनको रहेको छ । यस भिडियोलाई ओम नम शिवाय फिल्मसले पोस्ट प्रोडक्सन गरेको हो । यो भिडियो गायिका रुचि घिमिरेको आफ्नै अफिसियल यूट्यूब च्यानलमा हेर्न पाइन्छ ।












Coby Bailey
There is definately a lot to find out about this subject. I like all the points you made