English

आशिर्वाद र एलिनाको ‘मोहनी लगायो कान्छीले’ सार्वजनिक



काठमाडौं । गायक आशिर्वाद सुवेदी र चर्चित गायिका एलिना चौहानको सुमधुर स्वरमा रहेको नयाँ रोमान्टिक गीत ‘मोहनी लगायो कान्छीले’ सार्वजनिक भएको छ। प्रेम र आकर्षणको भाव बुनिएको यस गीतलाई गायक सुवेदीको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। गीतमा शब्द तथा संगीत बसन्त सापकोटाको रहेको छ। बसन्त स्वयं संगीतकारका रूपमा स्थापित नाम हुन् र यस गीतमा पनि उनले सरल तर आकर्षक शब्दमार्फत प्रेमको अनुभूति पस्केका छन्।

संगीत संयोजन उदयराज पौडेलले गरेका हुन्। उत्तम हुमागाईंले छायांकन गरेको भिडियोमा आश्मा विश्वकर्मा र प्रभात पाल ठाकुरीको क्युट केमेस्ट्री देख्न सकिन्छ। म्युजिक भिडियोको निर्देशन हरि हुमागाईंले गरेका हुन्। पप-लोक शैलीको यो गीतमा प्रेमीले आफ्नो प्रेमिकाको रूप र स्वभावले आफू मन्त्रमुग्ध भएको कथा पस्किएको छ। सार्वजनिक हुनासाथ सकारात्मक प्रतिक्रिया पाइरहेको यो भिडियोले टिकटक र युट्युबमा राम्रो चर्चा कमाउने अपेक्षा गरिएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested