English

आर्यक र योदिनले जिते ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ दोश्रो संस्करणको उपाधि



इटहरी/ बालबालिकाहरूको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजित ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ को दोस्रो संस्करण भव्यताका साथ सम्पन्न भएको छ । ओपन स्पेस प्रालीको आयोजनामा यही शनिबार अर्थात् माघ १७ गते इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा भएको ग्राण्ड फिनालेमा सिनियर र जुनियर दुवै विधामा विजेताहरू घोषित गरिएका हुन् ।

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न चरणको कडा प्रतिस्पर्धा पार गर्दै आर्यक ओझा र योदिन गुरुङले उपाधि चुमेका छन् । निर्णायकहरूको मूल्याङ्कन र प्रतिभा प्रस्तुतीका आधारमा जुनियर र सिनियर क्याटागोरीमा बालबालिकाहरूले उपाधि हासिल गरे ।

जुनियर क्याटागोरी तर्फ फर्स्ट रनर अप साङ्केनमा राई, सेकेन्ड रनर अप काव्या कार्की, थर्ड रनर अप आरोही राउत, पब्लिक च्वाइस लुना फुयाल, अर्गनाइजर च्वाइस इतिश कट्टेल भएका छन् । यस्तै सिनियर क्याटागोरी तर्फ फर्स्ट रनर अप लारेसा जिमी, सेकेन्ड रनर अप शाइना गुरुङ, थर्ड रनर अप संरक्षण दाहाल, पब्लिक च्वाइस प्रशंसा कट्वाल र अर्गनाइजर च्वाइस आरजु रौतेर बन्न सफल भएका छन् ।

प्रतियोगिताको निष्पक्ष मूल्याङ्कनका लागि विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू निर्णायक मण्डलमा रहेका थिए । म्यान अफ द वर्ल्ड २०२५ का प्रकाश चौहान, मिस नेपाल आइडल २०१८ की विजेता मेरिना तुम्सा लिम्बू, मिसेस पुर्बेली आईकन २०२४ को सेकेन्ड रनरअप तथा बैंकर दीपिका भट्टराई र ग्रेस इन्टरनेसनल इटहरीका एकेडेमिक हेड रेजन राई निर्णायक मण्डलमा रहेका थिए ।

कार्यक्रमको सञ्चालन सीता पुरी र शुभेच्छा कार्कीले संयुक्त रूपमा गरेका थिए । ओपन स्पेस प्रालीका सिइओ सजिना श्रेष्ठको नेतृत्वमा भएको यस कार्यक्रमको निर्देशन सरोज श्रेष्ठले गरेका थिए भने कोरियोग्राफी शुभेच्छा कार्कीले सम्हालेकी थिइन् । मिडिया कोअर्डिनेटरको भूमिकामा सुवास संकल्प रहेका थिए । बालबालिकाहरूको व्यक्तित्व विकास र आत्मविश्वास बढाउन यस्ता मञ्चहरूले महत्त्वपूर्ण भूमिका खेल्ने कुरा कार्यक्रममा उपस्थित अतिथिहरुको रहेको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested