English

को हुन् सुमन सायमी ?



सुमन सायमीको पोलिटिकल लिगेसीः
कालीमाटी निवासी जीवन मानन्धरका छोरा हुन् सुमन सायमी । जीवन मानन्धरलाई जीवन दाइको नामले काठमाडौंका अधिकांशले चिन्थे । अहिले पनि जीवन दाइको मिठाइ पसल (स्वीट् केव) चलेका पसलहरू मध्येका हुन् । सोही पसलमा बसेर थुप्रै राजनीतिक योजना बुझे, सामाजिक सेवाको लागि कार्यक्रमहरू तयार भए । जीवन दाइको उदारपन, राजनीतिक नेताहरूलाई संरक्षण दिने, साथ, सहयोग र परेको खण्डमा जे पनि गरिदिने बानीले अरूलाई झस्काउँथ्यो । कत्तिले नेताहरूको लागि यत्तिसम्म नगर्नु भनि बारम्बार सम्झाए पनि । तर एउटा कुरोमा लागे पछि रफ्तारमा लाग्ने बानी भएका जीवन दाइ कसैको नसुनिकन लागिरहे ।

०४६ सालको संगीन समयमा पनि खतरा मोलेर कालिमाटीस्थित व्यस्त बजारको घरमा अहिलेका शीर्ष नेताहरूलाई सेल्टर दिए । अर्धभूमिगत आन्दोलनकालमा केन्द्रीय समितिको बैठक गराउनेमा सहयोग गरे । कम्युनिस्ट पार्टीको लागि गर्नुगरे । विद्युत कर्पाेरेसनमा जागिरे भएका ईन्जिनियर भाइले केहि गरिदिनुस् न दाइ भन्दा, म केहि गर्न सक्दिन र कसैलाई भनसुन गर्न मन पराउँदिन भन्ने उत्तर फर्काए, उनै जीवन दाइले । आफ्नै बलबुताले गर्नुपर्छ भन्ने अर्ति दिए । पार्टीको लागि के मात्र गरेनन्, सुमनको बुवा जीवन दाइले । २०५४ सालमा पार्टी फुटेको घोषणा हुँदा आँखाबाट बरर आँसु झारेका थिए ।

पार्टी फुटेको खबर दिएर जीवनलाई रूलाएकोमा जीवन दाइका साथी जनज्योति श्रेष्ठले मनमा ग्लानी महसुस गरेको संस्मरण सामाजिक सञ्जालमा लेखेका छन् । उनकै जेठो छोरो सुमन सायमी अहिले बुवाको पदचाप पछ्याउँदै छन् । बुवासँगै राजनीतिमा होमिएकाहरू ठूल्ठूला लाभका पदमा पुगे, सेल्टर दिएर बचाउने व्यक्ति इमान, त्याग, धैर्य, समर्पन, उदारपनले त्यहाँसम्म नपुगेपनि काठमाडौंबासीको मन र मस्तिष्कमा अहिले पनि जिवितै छन् । सुमनले बालाजु सडक बिस्तारको विरोध गर्ने क्रममा सन् २००१ मा (पाँच वर्षअघि) गिरफ्तार हुँदा प्रहरीको खोरमा मातृभाषा (नेपालभाषा) बोले । आफुसँगै पक्राउ परेका साथीहरूबीच खोरभित्र मातृभाषामा कुरा गरेको आरोप सुमन साय्मिले थुप्रैपटक खेप्नु परेको थियो । नेपालभाषा बोलेकै आरोपमा अपराधी सरह हतकडी लगाएर खोरमा जाकेको थियो ।

कहिले गैरन्यायिक सडक बिस्तार संघर्ष समितिका संयोजक भएर कहिले खोला मापदण्ड पीडित र थुप्रै समय गुठी र भूमि पीडितको पक्षमा आन्दोलनको क्रममा प्रहरी हिरासतमा बसेका छन् । उहिले बुवाको सेल्टर पाएका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नै बुवाको योगदानलाई कदर गरि सुमनलाई कथित पटक पटक कारागारमा जाकेर उपहार दिएका थिए । उहिले ओली नेतृत्वको सरकारले सुमन तथा उनका साथीहरूलाई गरेको दुव्र्यवहार निन्दनीय थियो/छ/रहनेछ । गैरन्यायिक सडक बिस्तारको विरोधमा लागेका न्यायिक अभियन्ता तथा नागरिक अगुवा सुमन साय्मिले खोला मापदण्ड पीडित, गुठी, सहकारी तथा लघुवित्त पीडितदेखि भूमि पीडितको पक्षमा सधैं वकालत गरिरहे । जीवन दाइले पार्टी र नेतालाई त्यत्रो सहयोग गरे तर कहिलेपनि आफ्नो ब्यक्तिगत हितको लागि पार्टीबाट कुनैपनि सहयोग मागेनन् । न त भनसुननै गरे । ठ्याक्कै त्यस्तै स्वभाव सुमन सायमीको छ ।

पछिल्लो समयः
– स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत काठमाडौं महानगरपालिकाको मेयर पदको लागि बालेन शाहसँग प्रतिस्पर्धी भएर चुनावमा होमिएका थिए । जेठ ३०, २०७९ मा भएको चुनावमा स्वतन्त्र उम्मेदवार सुमन साय्मिले १३,७७० मत प्राप्त गरेका थिए ।
– दोस्रो पटक २७५ सिटको लागि सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा सुमन साय्मिले काठमाडौं क्षेत्र नं. –८ बाट उम्मेदवारको रूपमा चुनाव लडेका थिए । त्यो बखत राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठसँग हारेका थिए । विराजभक्तले १०,११२ मत ल्याउँदा सुमनले ६,१७९ मतभार पाएर दोस्रो भएका थिए । सोही निर्वाचनमा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ ४,८८१ मतभारसँग तेस्रो भएका थिए ।

– सुमन सायमीले राष्ट्रिय मुक्ती पार्टी नेपालको वरिष्ठ उपाध्यक्ष तथा नेवाः राष्ट्रिय परिषद्को अध्यक्ष भएर भूमि पीडित नागरिकको पक्षमा सशक्त आन्दोलन गरेका छन् । अहिले, साय्मिले नेपाली कम्युनिष्ट पार्टीसँग एकता समायोजन कार्यक्रम मार्फत आफ्नो नेतृत्वमा रामुपाका प्रवक्ता रविन्द्र श्रेष्ठसँगै सयौं नेता, कार्यकर्ताहरुलाई नयाँ पार्टीमा प्रवेश गराएका छन् ।
– जेनजी आन्दोलन पश्चात् बनेको सुशीला कार्की नेतृत्वको सरकारले घोषणा गरेको २०८२ फागुन २१ गतेको आमनिर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीबाट प्रतिनिधिसभा निर्वाचनको लागि काठमाडौं क्षेत्र नं. ८ बाट उम्मेदवारी घोषणा गरेका छन् । सुमन सायमी किन राजनीतिमा आए?

सुरूको बखत फोहोरी राजनीतिले आजित भएर टाढा बसेका सुमन साय्मि पछि बुवाको पोलिटिकल लिगेसी बुझेपछि प्रभावित भएका थिए । हामीले नगरे कसले गर्छ? अहिले नगरे कहिले गर्ने? राजधानीबासीको राजनीतिक चेत कहिले आउँछ? जस्तो प्रश्नको उत्तर खोज्न सुमनले राष्ट्रिय राजनीति सुरू गरेका हुन् । पहिले नेता चुन्ने र पछि नागरिकको लागि काम गर्ने प्रवृत्तिलाई परिवर्तन गरेर नागरिकको आवाज बोल्ने÷बोलिरहेका नेतालाई सत्तामा पुर्याउन राजनीतिमा आएको सुमनको दाबी छ । बहुल राष्ट्रियताको अस्तित्वलाई सर्वस्वीकार्य बनाएर स्वदेशवादको विचार, दर्शन र अस्तित्व स्थापित गराउँदै उच्च नैतिकता, स्वमूल्य, स्वमान्यता र स्वभूमिको रक्षाको लागि सुमनले राजनीति गरेका हुन् । सबैखाले दमनको अन्त्य गर्दै उत्पीडित राष्ट्रियताहरूको मुक्तिको उद्घोष र स्वदेशी सभ्यताको पुनरुत्थानको लागि सधैं वकालत गरिरहने सुमनको प्रतिवद्धता रहेको छ ।

केवल अभियान, विरोध र आन्दोलनले मात्र हरेक पीडित नागरिकको दीर्घकालीन समाधान नआउने ठम्याइ पश्चात् नीति निर्माण तहसम्म पहुँच बनाउन राजनीतिमा आएको सुमनको भनाइ रहेको छ । सरकारी संरचनामै पुगेर संस्कृति, सम्पदा, शहर र समग्रमा सभ्यताका मुद्दा नीति तहमा उतार्नुपर्ने भएर राष्ट्रिय राजनीतिमा संलग्न भएको सुमनको भनाइ रहेको छ । दसक भन्दा बढी समयदेखि नागरिकको पीडामा मल्हम लगाउन उद्धत रहेका सुमन सायमी समग्रमा मुद्दाको राजनीतिमा विश्वास गर्छन् ।
(अभियन्ताबाट राष्ट्रिय राजनीति सुरू गरेका नेपाली कम्युनिष्ट पार्टीका नेता सुमन सायमीसँग अन्तरक्रिया गरेर सञ्चारकर्मी केके मानन्धरले तयार गरेको लेख ।)



सम्बन्धित खबरहरु

काठमाडौं, नेपालको प्रतिष्ठित साइबर सुरक्षा कम्पनी वान कभर प्रालि (One Cover Pvt. Ltd.) र प्रसिद्ध एडु-टेक प्लेटफर्म दूरशिक्षा एजुकेशन नेटवर्क

काठमाडौं । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सुरु भएको छ । माघ १६

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

सन्जिब दुलालकाठमाडौँ । श्रमजीवी पत्रकारका न्यायोचित मागहरू पटक–पटक उठाउँदा पनि व्यवस्थापन पक्षबाट सुनुवाइ नभएपछि नेपाल पत्रकार महासंघले आज बुधवार बिहान

Latest










Popular
Suggested