English

७ जिल्लामा डिजिटल हिंसामा आधारित कचहरी नाटक प्रदर्शन



पोखरा । लैङ्गिक हिंसा सम्बन्धी कानुनी सचेतना अन्तर्गत डिजिटल हिंसामा आधारित कचहरी नाटक “स्वतन्त्र पाइला” देशका विभिन्न स्थानमा मञ्चन भएको छ । पौष २० गतेदेखि माघ ४ गतेसम्म बाँके, दाङ, रुपन्देही, पर्सा, मकवानपुर, गोरखा, कास्की गरी ७ ओटा जिल्लाका २१ स्थानहरुमा नाटक प्रदर्शन गरिएको थियो । महिला कानुन र विकास मञ्च काठमाडौंको आयोजनामा मालिका मिडिया ले नाटक तयार पारेको हो । नाटकको लेखन तथा निर्देशन रविन तामाङले गरेका हुन् । नाटकमा दिवाकर घिमिरे, दिपमाला परियार, आरुष मगर, अस्मिता ढकाल, निस्वम थापा मगर, सुरेन्द्र क्षेत्री, रविन तामाङ लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

डिजिटल माध्यमबाट हुने महिला तथा बालिकामाथिको हिंसा, त्यसका असर, कानुनी पक्ष र आत्मसशक्तिकरणका विषयमा समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न जिल्लाहरुमा नाटक प्रदर्शन गरिएको महिला कानुन र विकास मञ्चका अधिवक्ता बिनु लामा बताउँछिन् । “अहिलेको पुस्ता डिजिटलमा युगमा प्रवेश गरेको भएतापनि समाजमा अझै पितृसत्तात्मक सोच हट्न सकेको छैन । एकातर्फ समाजका कतिपय ठाउँमा घरेलु महिला हिंसा त छँदै छ, अर्कोतर्फ डिजिटल माध्यमबाट पनि झन् हिंसाका घटनाहरु बढिरहेका छन् । जसले गर्दा मानसिक दबाब तथा आत्महत्याका घटनाहरु पनि भईरहेका छन् ।” जसलाई रोक्नु तथा न्युनिकरण गर्नु आजको अपरिहार्यता भएको कारण कचहरी नाटक प्रदर्शन गरिएको मञ्चका अधिवक्ता लामा बताउँछिन् ।

नाटकले समाजमा अहिले विद्यमान समस्यालाई उठाउनुका साथै त्यसको नियन्त्रणका लागि लैङ्गिक र डिजिटल हिंसाविरुद्ध सचेतना दिने प्रयास गरेको छ । प्रत्येक जिल्लामा ३ सो गरेर लगभग ५ हजारबढी दर्शकहरुको बिचमा नाटक प्रदर्शन गरिएको कार्यक्रमको संयोजक तथा रंगकर्मी सुरेन्द्र क्षेत्री बताउँछन् । नाटकमा लैङ्गिक हिंसाका घटना, साइबर अपराध, सामाजिक सञ्जालको दुरुपयोग, छोराछोरीमा विभेद जस्ता विभिन्न समस्याका बारेमा जानकारी तथा सोको कानुनी उपचार लगायतका बारेमा जनचेतना अभिबृद्धि गरिएको छ । नाटकले पीडित महिलाको न्याय, कानूनी उपचार खोज्ने तथा हिंसाविरुद्ध आवाज उठाउन उत्प्रेरणा दिएको निर्देशक रविन तामाङ बताउँछन् ।



सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested