English

नायक सञ्जय लामा र तारा थोकर अभिनित तामाङ प्रेम गीत ‘चु ल्हुई’ सार्वजनिक



काठमाडौ । गायिका सुस्मिता स्याङतान र गायक सुवास दोर्जे थिङको आवाजमा सजिएको ‘चु ल्हुई’ सार्वजनिक भएको छ । म्युजिक भिडियोमा तामाङ चलचित्र क्षेत्रका स्थापित तथा लोकप्रिय नायक एंव मोडल हुत्त सञ्जय लामा र नायिका तारा थोकरको अभिनय रहेको छ । गीतलाई एच एम एम मिडियाको अफिसियल युटुब च्यानलमार्फत बजारमा ल्याएको हो ।

जसमा निर्देशक तथा कोरियोग्राफर विक्रम लुङ्बाको उत्कृष्ट निर्देशन र प्रज्वल राउतको सिनेमाटोग्राफी प्रष्ट झल्किन्छ। पछिल्लो समय एकपछि अर्को गीत पस्कँदै आएकी गायिका सुस्मिताको स्वरले यस गीतलाई छुट्टै उचाइ दिएको छ । विवेक लोप्चनको शब्द र सङ्गीत रहेको यस गीतमा सानुबाबु घिसिङको एरेन्ज रहेको छ । पारिजात नेपाल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतलाई कार्साङ लामा ( दोङ) ले मिक्सिङ र मास्टरिङ गरेका हुन् भने मेक बहादुर थापाले सम्पादन र कलर ग्रेडिङ, नरेश खरेलको मेकअप मार्फत भिडियोलाई निकै स्तरीय बनाएका छन् ।



सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested