English

क्रिकेटलाई भागबन्डा होइन, संरक्षण चाहिएको बेला हो यो !



क्रिकेटलाई भागबन्डा होइन, संरक्षण चाहिएको बेला हो यो ।

एनपिएलको उद्घाटन समारोहमा फ्लड लाइट बल्दै गर्दा पारस खड्काका आँखा रसाए। त्यो आँसु केवल भावनाको आवेग थिएन । दशकौँसम्म क्रिकेटका लागि उनले बिछाएको पसिना, सहेको पीडा, र दिएका अनगिन्ती बलिदानको गर्विलो उज्यालो थियो। तर, त्यो उज्यालोसँगै उनको अनुहारमा देखिएको अलिकति थकान पनि कतै लुकाइएको थिएन किनकि उनी मात्र होइन, नेपाली क्रिकेटप्रति प्राणभन्दा बढी प्रेम गर्नेहरूको मनमा अहिले एउटै प्रश्न चलिरहेको छः उत्साह बढिरहेको बेला किन मैदानमा भागबन्डाको राजनीति सुरु हुन्छ?

त्रिभुवन विश्वविद्यालयसहित विभिन्न पक्षले आफ्नो हिस्सा खोज्न थालेका छन्, सामान्य टिकटमै सहुलियत मागिँदैछ, र विद्यार्थी समूहहरूले अधिकारका नाममा सुविधा मात्र खोजिरहेका छन्। अधिकार माग्नु गलत होइन, तर संरचना जोगाउनु त अझ ठूलो कर्तव्य होईन र ? कुरा अधिकारको भन्दा कर्तव्यको छ यहाँ ।

नेपाली क्रिकेटले हालैका वर्षहरूमा विश्वभरको ध्यान तानेको छ। एनपिएलले थप ऊर्जा भरेको छ। यसै बीच यी व्यवहारले न केवल संस्थागत कमजोरी देखाउँछ, भविष्यको बाटोमै बादल छर्छ। मैदानमाथिको भागबन्डा, संस्थाको योगदानलाई बेवास्ता गर्ने प्रवृत्ति, र जिम्मेवारी स्वीकार्न अनिच्छा—यी नै कारण हुन् जसले वर्षौंदेखि क्रिकेटको संरचनात्मक विकासमा बाधा पुर्याउँदै आएका छन्।

यतिबेला आवश्यक छ, विद्यार्थीहरूले माग्दै आएको सहुलियत होइन, मैदानलाई आफ्नो संरचनागत सम्पत्ति ठानेर संरक्षणमा हातेमालो गर्ने परिपक्वता। क्यान, अध्यक्ष चतुर बहादुर चन्द, र पारस खड्का जस्ता व्यक्तिहरूले दशकौँदेखि राखेको विश्वास, समर्पण र जोश–उत्साहलाई जोगाउने जिम्मा अब केवल संस्थामाथि मात्र छैन, आम समुदाय र विशेषगरी विद्यार्थीमाथि पनि छ।

औँला उठाउन सजिलो छ। तर मैदानमा पुगेर हात चलाउन, घाम–पानी सहेर काम गर्न, र संरचना जोगाउन अत्यन्तै कठिन । तर यही कठिनाइ स्वीकार्ने हो भने मात्र नेपाली क्रिकेटले स्थायी उचाइ भेट्छ।

अब प्रश्न एकदम सरल तर निर्णायक छ, हामी केवल दर्शक भएर बस्ने? कि नेपाली क्रिकेटको भविष्यका लागि जिम्मेवारीसहित उभिने?

निर्णय आज नै चाहिन्छ, किनकि क्रिकेट प्रतीक्षामा बस्दैन।



सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested