English

पत्रकार आक्रमणप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको भर्त्सना



काठमाडौं । कीर्तिपुर सन्देश साप्ताहिक पत्रिकाका सम्पादक तथा प्रकाशक पत्रकार नजर राम महर्जनमाथि समाचार लेखेको आधारमा रामेश्वर महर्जन, राजेन्द्र महर्जनसहित अन्य ५–६ जनाको समूहले गरेको गालीगलौज, अभद्र व्यवहार र ज्यान मार्ने धम्कीप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शाखाका सचिव रमेश कुमार बोहोराले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त घटना केवल व्यक्तिगत असहिष्णुता वा रिसइवीको परिणाम मात्र नभई स्वतन्त्र पत्रकारितामाथिको प्रत्यक्ष आक्रमण भएको ठहर गरेको छ । विज्ञप्तिमा भनिएको छ । “यस प्रकारका कार्यले लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र अभिव्यक्तिको अधिकारमाथि गम्भीर अतिक्रमण गरेको छ ।” शाखाका अनुसार पत्रकार नजर राम महर्जन आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्ने क्रममा रामेश्वर महर्जनले सार्वजनिक रूपमा अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएको विवरण प्राप्त भएको छ ।

शाखाले जनाएको छ कि समाचारप्रति असन्तुष्टि भएमा प्रेस काउन्सिल नेपालमा उजुरी दिने वैधानिक व्यवस्था रहेकाले अमर्यादित, आक्रामक र आपराधिक व्यवहार प्रेस आचारसंहिता, सामाजिक शिष्टाचार र प्रचलित कानुनको ठाडो उल्लंघन हो ।
विज्ञप्तिमा भनिएको छ “नेपाल पत्रकार महासंघ काठमाडौं शाखा यस प्रकारका आपराधिक र अमानवीय क्रियाकलापप्रति गम्भीर चिन्ता व्यक्त गर्दै घोर भर्त्सना गर्दछ । स्वतन्त्र प्रेस र निर्भीक पत्रकारिता लोकतान्त्रिक समाजका आधारस्तम्भ हुन् । यस्ता घटनाले पत्रकारहरूलाई त्रास, डर र असुरक्षाको वातावरणमा काम गर्न बाध्य पार्ने भएकाले कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन ।” शाखाले संबन्धित सुरक्षा निकाय र प्रशासनलाई घटनाको निष्पक्ष तथा तत्काल अनुसन्धान गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न जोडदार माग गरेको छ । साथै पत्रकारहरूको सुरक्षाको प्रत्याभूति दिलाउनु नेपाल सरकार, सरोकारवाला निकाय र नागरिक समाज सबैको साझा जिम्मेवारी भएको भन्दै, पत्रकारमाथि हुने दुर्व्यवहार, धम्की र आक्रमणप्रति शून्य सहनशीलताको नीति अपनाउन आग्रह गरेको छ ।



सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested