English

१८औं पुस्तकालय दिवसको अवसरमा बास नेपालले पुस्तकालयको महत्वबारे छलफल तथा एक जना उत्कृष्ट पाठकलाई सम्मान गरेको छ ।



मिति : २०८२ भाद्र १५ गते, पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान १८औं पुस्तकालय दिवसको अवसरमा बास नेपालले पुस्तकालयको महत्वबारे छलफल तथा एक जना उत्कृष्ट पाठकलाई सम्मान गरेको छ । बास नेपाल केन्द्रीय कार्यालयद्धारा सञ्चालीत असल शासन सुचना केन्द्र मार्फत बर्षभरी पुस्तकको अध्ययन, उपयोग तथा पुस्तकालयको महत्वका बारेमा प्रचार गरेको आधारमा उक्त सम्मान गरिएको हो । असल शासन सुचना केन्द्र मार्फत सबै भन्दा बढी पुस्तक अध्ययन गर्ने, उपयोग गर्ने र पुस्तकालयको महत्वका बारेमा प्रचार प्रसार गर्ने दिनेस चौधरीलाई सम्मान पत्र, खादा र मायाको चिनो सहित सम्मान गरिएको थियो ।
बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षतामा असल शासन सुचना केन्द्रमा भएको कार्यक्रममा नेपालमा पुस्तकालयको इतिहास, महत्व र उपयोगका बिषयमा बास नेपालका निर्देशक हेमराज भट्टले जानकारी गराएका थिए । उत्कृष्ट पाठक सम्मान पश्चात बोल्दै सम्मानीत युवा दिनेस चौधरीले पुस्तकालयमा गएर पुस्तक पढ्न पाउदा अत्यन्तै खुसी लाग्ने बताए । उनले असल शासन सुचना केन्द्र मार्फत लोकसेवा, क्याम्पसका पुस्तकसँगै विभिन्न उपन्यास, जिवनी र धार्मिक तथा साहित्यीक पुस्तकहरु समेत पढ्ने अवसर पाएको बताए । उनले असल शासन सुचना केन्द्रले गर्दा उत्प्रेरणा थपिएको प्रतिक्रिया दिए । कार्यक्रममा स्वागत तथा असल शासन सुचना केन्द्रको बारेमा जानकारी गराउदै केन्द्रकी संयोजक रमिता शाहले पुस्तकालयमा सबै प्रकारका पुस्तकहरु र इन्टरनेटको समेत ब्यवस्था रहेकाले उपयोग गर्न सबैलाई अनुरोध गरिन् । असल शासन सुचना केन्द्र मार्फत गठन भएका रिडर्स क्लब, बिद्यार्थी र लोकसेवा तयारी तथा साहित्यमा रुची राख्ने युवाहरु बढी मात्रामा आउने गरेको बताइन् । कार्यक्रमको सञ्चालन बास नेपालका जनसम्पर्क अधिकृत माधब कार्कीले गरेका थिए ।



सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested