English

सुनिता दुलालको तीज गीत ‘चालिसे चुरा’ सार्वजनिक



लोकप्रिय लोकगायिका सुनिता दुलालले यस वर्षको तीजका लागि नयाँ गीत ‘चालिसे चुरा’ सार्वजनिक गरेकी छन्। तीज गीतमै आफ्नो छुट्टै पहिचान बनाएकी उनी ‘तीज क्विन’को रूपमा परिचित छिन्।

शम्भुजित बास्कोटाको संगीतमा तयार भएको यस गीतको शब्द चिरञ्जिवी भट्टले लेखेका हुन्। रंगीन र रमाइलो माहोलमा तयार पारिएको म्यूजिक भिडियोमा अभिनेत्री एलिजा गौतम, शर्मिला मल्ल, हट्टी नट्टी, पुनम श्रेष्ठ, जयन सुब्बा मानन्धर र स्वयं गायिका दुलालको अभिनय देख्न सकिन्छ।

तेञ्जु योञ्जनको निर्देशनमा बनेको भिडियो ‘सुनिता दुलाल युट्युब च्यानल’ मार्फत सार्वजनिक भएको हो। गीतबारे बोल्दै दुलालले यसपटकको तीज गीतमा सांस्कृतिक रंग, परम्परा र आधुनिक प्रस्तुतीको मिश्रण रहेको बताइन्।

‘नबोल अरुसँग’, ‘पियारी’, ‘यो रमाइलो तिजैमा’, ‘यसपाली नि खाने दर’, ‘चुरा टिका लाली’, ‘इच्छा पु¥याइदेउ’ र ‘नाचौं सरर’ जस्ता हिट गीतमार्फत चर्चा कमाइसकेकी दुलालको यो नयाँ प्रस्तुति पनि दर्शकले मन पराउने उनले विश्वास व्यक्त गरिन्।

तीज आउन अझै केही हप्ता बाँकी भए पनि सामाजिक सञ्जालहरू अहिले नै तीजमय भएका छन्। यतिबेला तीजलाई लक्षित गर्दै दर्जनौं गीत र भिडियोहरू सार्वजनिक भइरहेका छन्, जसमा ‘चालिसे चुरा’ ले पनि दर्शकको ध्यान तानिरहेको छ।



सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested