English

चितवनमा ५१ वर्षपछि दुर्लभ पुतली ‘सिल्वर स्ट्रिकेड एकासिया ब्लु’ पुनः देखापर्‍यो



नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख गरिएको छ। यो दुर्लभ प्रजातिको पुतली २०८२ साल श्रावण २० गते दिउँसो १२:३० बजे चितवन राष्ट्रिय निकुञ्जको गेटअगाडिको बनक्षेत्र, सौराहामा फेला परेको हो।

यस प्रजातिको पहिलो अभिलेख सन् १९७४ मा मकवानपुरमा ब्रिटिश प्रकृतिविद् कोलिन स्मिथ (Colin Smith) द्वारा गरिएको थियो। त्यसयता नेपालमा पुनः यो पुतली देखा परेको यो दोस्रो अवसर हो। यसरी लामो समयपछि पुनः अभिलेख हुनु चितवनको जैविक विविधताको दृष्टिले एक अत्यन्तै महत्वपूर्ण उपलब्धि हो।

पुतलीलाई सौराहाका अनुभवी नेचर गाइड तथा वाइल्डलाइफ फोटोग्राफर मिलन तामाङको टोलीले पहिलो पटक देखेपछि बिशाल लामा, बासु बिडारी, रोजेन सुबेदी र कपिलप्रसाद पोख्रेलले पुतली विज्ञ टेक बहादुर गुरुङसँगको सहकार्यमा पहिचान प्रक्रिया अघि बढाएका थिए। विस्तृत पुष्टि कार्यमा पोखराबाट पुतली विज्ञ साजन केसी, नेदरल्याण्डका पिट भान पोल, सुरेन्द्र परियार (PN क्याम्पस, पोखरा) र चितवनकै टेक बहादुर गुरुङको टोली सक्रिय रूपमा संलग्न थियो।

नेपालमा हालसम्म ६९२ प्रजातिका पुतलीहरु अभिलेख भइसकेका छन् भने चितवन जिल्लामा मात्रै ३०० भन्दा बढी प्रजातिहरू पाइएका छन्। नयाँ अभिलेखले चितवनको जैविक सम्पदालाई थप बलियो बनाउनुका साथै सौराहा क्षेत्रका नेचर गाइड, अनुसन्धानकर्ता र प्रकृतिप्रेमीहरूका लागि एक नयाँ आशा र उत्साहको सन्देश दिएको छ।



सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested