English

नाडा अटो शो २०२५ भदौ तीनदेखि सुरु हुने



काठमाडौं । नाडा अटो शो २०२५ आगामी भदौ तीन गतेदेखि सुरु हुने भएको छ।
नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । शोको उद्घाटन उपप्रधानमन्त्री एवं अर्थमन्त्री श्री विष्णु प्रसाद पौडेलले गर्ने एशोसिएशनले जनाएको छ। नाडा अटो शो केवल प्रदर्शनी मात्र नभई, नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटी को प्रतिबिम्ब रहेको आयोजकको भनाइ रहेको छ । ‘गो फर मोर’ भन्ने नारासहित आयोजना हुने यस वर्षको नाडा अटो शो ले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकी तन्त्रलाई एकै छानामुनि ल्याउने आयोजकको भनाई छ। नाडा अटो शो २०२५ मा निम्न विशेष प्रविधिहरू प्रस्तुत गर्ने जनाएको छ । स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीकस्वरूप उन्नत चारपांग्रे रोबोट, भविष्यको शहरी हवाई मोबिलिटीको पहिलो झलक जस्ता प्रविधिहरु प्रस्तुत गर्ने बताएको छ ।
कुन कुन ब्राण्ड आउँदैछन ?
स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीकस्वरूप उन्नत चारपांग्रे युनिटरि रोबोट्स, दिपल इभोटल युएभि सहित १९ वटा चारपांग्रे ब्रान्डहरू, १३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू, ४ वटा दुईपांग्रे सवारी ब्रान्डहरूले शो मा सहभागिता जनाउँदै छन्। शोमा ३५ वटा कम्पनी (ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू), १२५ भन्दा बढी प्रदर्शकहरू रहेनछन भने करीब १ लाखभन्दा बढी आगन्तुकहरुले शो को भ्रमण गर्ने आयोजकले जनाएको छ।



सम्बन्धित खबरहरु

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

Latest










Popular
Suggested