English

कार्यक्रम व्यवस्थापन संघको अध्यक्षमा राजेन्द्र लुईटेल निर्वाचित



कार्यक्रम व्यवस्थापन संघको तेश्रो महाधिवेशनएवं चुनावी सभा २०८२ मा राजेन्द्र लुईटेल (राज) केन्द्रिय अध्यक्षमा निर्वाचित भएका छन । देशभरका कार्यक्रम आयोजक एवं ईभेन्ट व्यवस्थापकहरुको छाता संगठन कार्यक्रम व्यवस्थापन संघको आगामी दुई वर्षे कार्यकालका लागि लुईटेलको नेतृत्वमा १३ नयाँ कार्यसमिति निर्वाचित भएका हुन ।

राजधानीको लाजिम्पाट बुटिक होटलमा सम्पन्न उक्त अधिवेशनबाट उपाध्यक्षमा तृष्णा गुरुङ्ग, उपाध्यक्षमा समिर लामा, महासचिवमा सोनीतराज ढुंगेल,सचिवमा विपिन पोखेरल,कोषाध्यक्षमा मनोज थापा र्निविरोध निर्वाचित भएका छन् ।
त्यसैगरी सहसचिवमा भागिरथ कुमार पोखरेल,सहकोषाध्यक्षमा सपना राई तथा कार्यसमिति सदस्यहरुमा सुभाष श्रेष्ठ प्रधान,रामकृष्ण श्रेष्ठ,राहूल बन्जाडे,पूजा रेग्मि र लोमस कार्की निर्वाचित भएका थिए ।

निर्वाचनका लागि संघका सल्लाहकार एवं वरिष्ठ गायक सीताराम कोइराला, वरिष्ठ पत्रकार विएमआचार्य तथाअधिवक्ता केशवपोखरेल निर्वाचनअधिकृत रहेका थिए । प्रतिनिधि सभाका उपसभामुख ईन्दिरा राना मगरको प्रमुखआतिथ्यतामा सम्पन्न सो अधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारीहरुलाई प्रमुख अतिथितथा विशिष्ठ अतिथि डा.अर्पणा शाह लगायतकाअतिथिहरुले प्रमाण पत्र सहित वधाई दिएकाथिए । अधिवेशन तथा चुनावी सभालाई पर्येवक्षकका रुपमा विभिन्न संघसंस्थाकाअध्यक्ष तथा पदाधिकारी रहेका थिए ।

देशभरका १२० भन्दा वढि ईभेन्ट आयोजक तथा कम्पनीहरुको सहभागिता रहेको सोही महाधिवेशनबाट ३ जनालाई सल्लाहकार चयन गरिएको थियो । वरिष्ठ चिकित्सक एवं गीतकार डा.भोला रिजाल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी तथा टिचिङ्ग अस्पतालका प्राध्यापक एवं लायन्स क्लबका पूर्व गर्भनर डा.सुशिला मल्ललाई सल्लाहकारको प्रमाण पत्र प्रदान गरिएको थियो । सोही समारोहमा संघका निवर्तमान अध्यक्ष लव बहादुर कार्कीलाई संरक्षकको रुपमा सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण विएम आचार्यले गरेका थिए ।



सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested