English

क्रिकेटमय हुनेछ सन् २०२५

नेपाली क्रिकेट क्यालेन्डर २०२५


नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक क्यालेण्डर अनुसार वर्ष सन् २०२५ मा नेपाली क्रिकेटर व्यस्त रहनेछन् ।  कुनै पनि महिना क्रिकेटविहीन हुनेछैनन् । बाह्रै महिना पुरुष, महिला र उमेर समूहका विभिन्न प्रतियोगिता हुनेछन् । क्यानले पुरुष, महिला, यू-१९ र यू-१६ को कार्यक्रम सार्वजनिक गरेको हो। 

क्यानको क्यालेन्डरअनुसार पुरुष क्रिकेट टोली निकै व्यस्त छ। जसमा पुरुषको १२ महिना घरेलु कार्यतालिका छ। यस्तै आगामी महिनाबाट सुरु हुने अन्तर्राष्ट्रिय कार्यक्रममा १२ वटा समावेश छन्। क्यानले यो वर्ष टी-२० विश्वकप छनोट र आइसिसी लिग-२ को कार्यक्रमलाई केन्द्रीत गरेको छ।

सन् २०२५ मा आईसीसी लिग २, विश्वकप क्वालिफायर, हङकङ सिक्सेस, टी-२० र ओडीआई सिरिजलगायत रहेका छन् भने महिलातर्फ विश्वकप एसिया छनोट, इमर्जिङ टिम्स एसिया कपलगायत प्रतियोगिता रहेका छन् ।



सम्बन्धित खबरहरु

विश्व टेक बजारमा फरक डिजाईन, प्रिमियम प्रोडक्ट र एफोर्डेबल प्राईसिङका कारण निक्कै पृथक छवि बनाउन सफल नथिङ स्मार्टफोनले नेपाली बजारमा

काठमाडौं : कोकाकोलाले नेपालमा ‘मोमो फोमो’ नामक नयाँ अभियान सुरु गरेको छ । कोकाकोलाको यो अभियान नेपालभरि चल्ने पहिलो कार्यक्रम

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

Latest










Popular
Suggested