English

नेपाली आकाशमा ४१औं हेलिकप्टर दुर्घटना, ३ मिनेटमै सम्पर्क विच्छेद भएको थियो हेलिकप्टर



काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ बजेर ५४ मिनेटमा उडेको एयर डाइनेस्टीको हेलिकप्टर काठमाडौं नजिकै दुर्घटनामा पर्‍यो । काठमाडौंबाट उडेको तीन मिनेटमै हेलिकप्टर टावरसँग सम्पर्क विच्छेद भएको थियो । हेलिकप्टर रसुवाको स्याफ्रुबेसी उडेको थियो । तर, काठमाडौं टावरसँग सम्पर्क विच्छेद भएको झन्डै ४५ मिनेटपछि मात्र प्रभु एयरलाइन्सको अर्को हेलिकप्टर खोजीका लागि उडाएको पाइएको छ । नुवाकोटको शिवपुरीमा भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । खराब मौसमका कारण बुधवार एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको आशङ्का गरिएको छ । यसैबिच दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन भएको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

यो नेपाली आकाशमा भएको ४१औं हेलिकप्टर दुर्घटना हो । पछिल्लो दुर्घटना २७ असोज २०८० का सोलुखुम्बुको लोबुचेमा मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणको हवाई सुरक्षा प्रतिवेदनअनुसार ४५ वर्षको अवधिमा हेलिकप्टर दुर्घटनामा ९७ जनाले ज्यान गुमाएका छन् । 



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested