English

लोकदोहोरी

प्रतिष्ठानको भवन अब कोरोना आइसोलेसन



कोरोना संक्रमित कलाकर्मीहरुले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको भवन आइसोलेसन वार्डका रुपमा प्रयोग गर्न सक्नेछन् । थुप्रै कलाकर्मी कोरोना संक्रमित बन्दै गएकामा चिन्ता व्यक्त गर्दै प्रतिष्ठानले भाडाका घरमा बस्न अप्ठ्यारो परे आफ्नो भवनलाई आइसोलेसन सेन्टरका रुपमा प्रयोग गर्न सक्ने विज्ञप्तिमार्फत् जनाएको छ ।

प्रतिष्ठानले संक्रमित कलाकर्मीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सबैलाई सुरक्षित रहन समेत आह्वान गरेको छ । रिता थापा मगर संयोजक रहने गरी प्रतिष्ठानले कोभिड १९ आकस्मिक सहयोग समिति समेत गठन गरेको छ ।

लोकदोहोरी क्षेत्रका दर्जनबढी कलाकार कोरोना संक्रमित रहेको प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले बताए । यसमध्ये अधिकांश कोठा भाडामा बस्नेहरु भएकाले उनीहरुलाई अप्ठ्यारो नपरोस् भन्ने हेतु प्रतिष्ठानको भवनलाई आइसोलेसन बनाउने निर्णय गरिएको बिजीले बताए ।

‘प्रतिष्ठानको भवनमा २० जनासम्म बस्न मिल्छ,’ उनले भने, ‘किचन, पानी र सिरक, डस्नाको पनि सुविधा छ ।’ प्रतिष्ठानले अघिल्लो लकडाउनमा पनि संक्रमित १० कलाकारलाई प्रतिव्यक्ति ११ हजार रुपैयाँ र खाद्यान्न सहयोग गरेको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

Latest










Popular
Suggested