English

काठमाडौं नजिकै भेटियो डाँफे जोडी [तस्बिरसहित]



काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो । हामीलाई पनि यस्तै लागेको थियो । तपाईँले देख्नुभएको डाँफे जोडीको तस्बिर दोलखाको डाँङडुँगे डाँडा पनि भनिने लाकुँरीडाँडामा खिचिएको हो । जहाँ काठमाडौंबाट मोटरबाटो हुँदै करिब चार घण्टामै पुग्न सकिन्छ ।  

लामोसाँघु–जिरी सडक खण्डमा रहेको खरिढुङ्गा बजारबाट ६ किलोमिटरको दूरीमा छ,दोलखाको डाँङडुँगे डाँडा । समुन्द्री सतहबाट करिब ३२ सय मिटर उचाइमा रहेको यो क्षेत्रमा डाँफे पाइने जानकारीमा भए पनि तस्बिर भने पहिलो पटक खिचिएको भीमेश्वर नगरपालिका–९ का वडा अध्यक्ष हिमाल श्रेष्ठ बताउँछन् । डकुमेन्ट्री प्रोडक्सनमा सक्रिय राइज मिडियाको टोलीले सो क्षेत्रमा भाले र पोथी डाँफेको तस्बिर पहिलो पटक खिचेको हो । 

सोही वडाका स्थानीय बासिन्दा जीत बहादुर श्रेष्ठले यस भेगमा डाँफे, मुनाल लगायतका चराहरू पाइने सुनाए । राजधानीबाट अत्यन्तै नजिकको दूरीमा उच्च हिमाली भेगमा पाइने डाँफे, मुनाल लगायतका चरा हेर्न पाइने भए पनि जानकारीको अभावले यहाँ चरा पारखी वर्ड फोटोग्राफरहरूको ध्यान पुग्न नसकेको बताए ।  

जीत बहादुर चलचित्र विकास बोर्डका बोर्ड सदस्य पनि हुन् । यसै ठाउँमा पर्ने १५ सय रोपनी जग्गा र आसपासको क्षेत्रलाई चलचित्र विकास बोर्डले फिल्म सिटी बनाउँदै छ । यहाँबाट आँखैअगाडि गौरीशङ्कर, गणेशसहित आधा दर्जन हिमालहरू र एकै थलोमा अनेक थरीका गुराँस देख्न सकिन्छ ।

घाँसले ढाकिएका अत्यन्त भिरालो चट्टानयुक्त भीर र सो नजिकको जङ्गलमा बस्न रुचाउँछ–डाँफे । लजालु स्वभावको यो चरा हिमपातका बखत होचो भूभाग तथा लालीगुराँसको जङ्गलमा झर्दछ । डाँफे पाकिस्तान, भारत, नेपाल, भुटान चीन र वर्माको रैथाने चरा हो ।  

नेपालमा यो चरा ३३०० मिटर देखि ४७५० मिटर सम्मको उचाइमा र हिउँदमा २५०० मिटरसम्म झर्छ । हिमाली संरक्षित क्षेत्रहरू (मकालु वरुण, सगरमाथा, लाङटाङ, शे–फोक्सुण्डो, खप्तड र रारा राष्ट्रिय निकुञ्जहरू, ढोरपाटन सिकार आरक्ष, कञ्चनजङ्घा, गौरीशङ्कर, मनास्लु, अन्नपूर्ण तथा अपिनाम्पा संरक्षण क्षेत्रहरू) मा यो चरा देखिने गरेको छ । 

नेपालमा यसको सङ्ख्या ३५०० देखि ५००० सम्म अनुमान गरिएको छ । नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले यस चरालाई संरक्षित पन्छीको सूचीकृत गरेको छ । 

तस्बिर : राइज मिडिया / निरज भूषाल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested