English

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक



राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती निधन भएको हो । पोखरा बुद्धचोकका ९१ बर्षीय गुरुङको काठमाडौँस्थित ग्राण्डी अस्पतालमा निमोनियाका कारण निधन भएको हो । मणिपाल शिक्षण अस्पतालमा उपचार गर्न लगिएको गुरुङलाई थप उपचारको लागि काठमाडौँ ल्याइएको थियो । पारिवारिक स्रोतका अनुसार आज दिनको १ बजे पोखरास्थित बुद्धचोक निवासबाट शबयात्रा सहित बौद्ध अर्घों सदन रामघाटमा अन्तिम श्रद्धाञ्जलि सहित अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ । उनको २ श्रीमती, ३ छोरा, २ छोरी छन् । बिल बहादुर राइज मिडिया नेटवर्कका अध्यक्ष तुलसी गुरुङका मामा ससुरा पनि हुन् ।

बिल गुरुङ पेट्रेलियम डिलर्स एसोसियसन गण्डकीका संस्थापक अध्यक्ष, कालिका मावि बिद्यालय व्यबस्थापन समितिका पूर्व अध्यक्ष, पोखरा उद्योग बाणिज्य संघका पूर्व सदस्य, मनकामना पेट्रोल पम्प, जय बुद्ध आयल स्टोर्सका पूर्व संचालक लगायतका विभिन्न संघ संस्थामा आबद्ध थिए । छोरा सुनिल गुरुङ सहारा क्लवका सल्लाहकार, साविक पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका उपाध्यक्ष लगायतका विभिन्न संघ संस्थामा आबद्ध छन् ।



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested