English

बिवाइडीका दुई कार ‘वर्ल्ड कार अवार्ड २०२४’ को टप थ्रीमा



स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का लागि शीर्ष तीन अन्तिम प्रतियोगीको घोषणा गर्दा बिवाइडी सिलले ‘वर्ल्ड कार अफ दी इयर’ र बिवाइडी डल्फिनले ‘वर्ल्ड अर्बन कार’ श्रेणीमा टप थ्रीमा स्थान हासिल गरेको हो । बिवाइडीले २०२३ मा ३० लाख विद्युतीय सवारीसाधन बिक्री गर्दै, दोस्रो वर्षका लागि पनि विश्वभरमा शीर्ष स्थान मात्र नभएर, ग्लोबल अटोमोटिभ ब्रान्डहरूको शीर्ष दशमा समेत प्रवेश गरेको कम्पनीको भनाइ छ ।

वर्ल्ड कार अवार्ड श्रेणीको शीर्ष तीनमा सूचीकृत हुने पहिलो र एक मात्र चिनियाँ कार निर्माताको इतिहास बनाएको कम्पनीले जनाएको छ । विश्वभरको प्रमुख अटोमोटिभ परिचालनका महत्वपूर्ण पुरस्कारका रूपमा चिनिएका ‘वर्ल्ड कार अवार्ड’, ‘युरोपियन कार अफ दी इयर’ र ‘नर्थ अमेरिकन कार अफ दी इयर’ अत्यधिक रूपमा प्रशंसित रहेको जनाइएको छ । ‘विश्वमा अटोमोटिभ ओस्कर’का नाममा प्रसिद्ध भएको ‘वर्ल्ड कार अवार्ड’ विश्वभरको अटोमोटिभ उद्योगमा धेरै प्रतीक्षित कार्यक्रमका रूपमा विशेष चर्चा गरिने कम्पनीको दाबी छ । बिवाइडीको असाधारण प्रदर्शनले नै यसलाई विश्वकै प्रमुख विद्युतीय सवारीसाधनको नेतृत्वको स्थानमा पुर्‍याएको कम्पनीले जिकिर गरेको छ ।  

यी दुई मोडलहरूले आफ्नो विशेष डिजाइन, असाधारण प्रविधि र मजबुत सुरक्षा विशेषताका कारण २९ देशका एक सय अटोमोटिभ मिडिया तथा विश्वभरका विशेषज्ञको ध्यान आकर्षित गरेको कम्पनीको भनाइ छ । सन् २०२३ मा यी दुई मोडलका गाडीले युरो एनक्याप र एएनक्याप परीक्षणमा पनि पाँच ताराको रेटिङ प्राप्त गरेको कम्पनीले जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

काठमाडौँ : नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र

Latest










Popular
Suggested