English

एघार आरोहीद्वारा चोयुको सफल आरोहण

सेभेन समिट ट्रेक्सको टोलीले विश्वको छैठौं अग्लो ८,१८८ मिटर अग्लो हिमाल शुक्रबार बिहान ४ः३० बजे आरोहण गरेको हो ।


एघार जना आरोही टोलीले शुक्रबार बिहान माउन्ट चोयुको सफल आरोहण गरेका छन् । सेभेन समिट ट्रेक्सको उक्त टोलीले विश्वको छैठौं अग्लो ८,१८८ मिटर अग्लो हिमाल बिहान ४ः३० बजे आरोहण गरेको हो ।

आरोहण दलको नेतृत्व अनुभवी आरोही छाङ दावा शेर्पाले गरेका थिए । सेभेन समिटका निर्देशक छाङ दावा ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटा हिमाल आरोहण गर्ने दोस्रो नेपाली आरोही हुन् । अक्टोबर १ गते नेपालबाट पदयात्राका लागि निस्किएको टोली सिधै शिशापाङ्माको आधार शिविरमा जाने र मौसमले अनुमति दिएमा सगरमाथासम्म पुग्ने कार्यक्रम रहेको उनले जानकारी दिए । आरोहण टोलीले चो ओयु र शिशापाङ्मालाई जित्ने प्रयासमा यो उपलब्धि हासिल गरेको हो । सेभेन समिट नेपालको अग्रणी ट्रेकिङ एण्ड एक्सपेडिसन कम्पनी हो ।

चोयुको सफल आरोहण गर्ने नेपालीहरुमा निमा रिन्जी शेर्पा, पासाङ नुरबु शेर्पा, मिङ्तेम्बा शेर्पा, गेल्जे शेर्पा, लाक्पा नुरु शेर्पा, दावा नुरबु शेर्पा रहेका छन् । अन्य विदेशी आरोहीहरुमा शेहरोज काशिफ (पाकिस्तान), एड्रियाना ब्राउनली (युके), च्यान को इर (ताइवान), डोरोटा लिडिया (पोल्याण्ड), एलिना पेकोभा (रूस) छन् ।

तस्बिर : सेभेन समिट ट्रेक्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested