English

नेपाली क्रिकेटको टिकेटिङ साझेदार आईएमई पे

सोमपाल र करण ब्राण्ड एम्बेसडर बन्दा दिपेन्द्र प्रहरीमा बढुवा


नेपाल क्रिकेट संघ (क्यान) ले दुई वर्षका लागि आईएमई पेसँग टिकटिङ पार्टनरको सम्झौता गरेको छ । क्यानका सचिव पारस खड्का र आईएमईका सीईओ प्रवीण रेग्मीले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार आईएमई पेले क्यानलाई वार्षिक ७५ लाख रुपैयाँ उपलब्ध गराउने छ । सुरुआती सम्झौता दुई वर्षको छ । आईएमईले क्यानबाट मैदानमा खटिने १ सय कर्मचारीको बिमा समेत गरिदिने छ । क्यानबाट आयोजना हुने प्रत्येक अन्तर्राष्ट्रिय खेलको टिकटबाट आएको १२।५ प्रतिशत रकम आईएमई पेलाई र बाँकी सबै क्यानले पाउने गरी सम्झौता भएको हाे ।

सोमपाल र करण ब्रान्ड एम्बेसडर
राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलिङ अलराउन्डर सोमपाल कामी र करण केसीलाई आईएमई पेले ब्रान्ड एम्बासडर समेत नियुक्त गरेको छ । यि दुबै खेलाडीलाई आईएमईले वार्षिक ५ लाख प्रदान गर्नेछ । हाल सम्झौता एक वर्षको हुनेछ ।

कीर्तिमानी दिपेन्द्र सहायक हवल्दारमा बढुवा
टी–२० आई क्रिकेटमा ९ बलमा अर्धशतक बनाएर कीर्तिमान बनाएका अलराउन्डर दिपेन्द्र सिंह ऐरी लाई नेपाल प्रहरीले सहायक हवल्दारमा बढुवा गरेको छ । उनी प्रहरी जवान थिए । दिपेन्द्र सन् २०१६ देखि नेपाल पुलिसमा आवद्ध थिए कीर्तिमान प्रशंसास्वरुप उनको बढुवा गरेको नेपाल प्रहरीले जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested