English

माल्टामा ब्लु हर्स इन्टरटेन्मेन्ट, भुवन केसीले गरे समुद्घाटन

कार्यक्रमलाई व्यवसायिकता दिने प्रतिबद्धता


युरोपका विभिन्न मुलुकमा नेपाली कला संस्कृतिको प्रवद्र्वन सँगै मनोरंजनात्मक गतिविधिहरुलाई व्यवसायिक ढंगले आयोजना गर्ने उद्देश्य हेतु माल्टामा ब्लु हर्स इन्टरटेन्मेन्टको शुभारम्भ भएको छ । युरोप भ्रमणमा रहेका अभिनेता एवं चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आइतबार उक्त कम्पनीको समुद्घाटन गरेका हुन् ।

उनी नेपालबाट स्वीट्जरल्याण्ड हुँदै माल्टा पुगेका हुन् । एमसिदा जिराको ब्ल्याक पर्ल रेष्टुराँमा आयोजित समारोहमा अध्यक्ष केसीले माल्टाबासी नेपालीहरु माँझ नेपाली चलचित्र र कला संस्कृतिको प्रवद्र्वनमा सघाउन समेत आग्रह गरे । नेपालीपनको आभास दिलाउन सक्ने कार्यक्रम आयोजना गर्न सके बोर्डबाट हुनसक्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको उनले बताए । लोकगायिका सुनिता दुलाल समेत सहभागी कार्यक्रममा उनले सांगीतिक प्रस्तुति दिएकी थिइन । उनले आफ्ना चर्चित गीतहरु सुनाउँदा यहाँको चिसो माहौंल तातिएको थियो । नायिका जिया केसीसँगै त्यहाँ पुगेका अभिनेता केसीले समेत कार्यक्रममा गीत गाए ।

युरोपका विभिन्न मुलुकमा नेपाली कला संस्कृति, एवं भेषभुषाको प्रवद्र्धन सँगै व्यवसायिक ढंगले विभिन्न मनोरंजनात्मक गतिविधि आयोजना गर्ने उद्देश्यले उक्त संस्था खोलिएको यसका परिकल्पनाकार तथा संरक्षक जिके शर्माले बताए । यसका निम्ति नेपालस्थित राइज मिडिया नेटवर्कसँग सहकार्यका निम्ति समझदारी भएको समेत उनले जानकारी गराए । राइज मिडिया अडियो भिडियो निर्माण तथा इभेन्ट म्यानेजमेन्ट सँगै संचार क्षेत्रमा आबद्ध संस्था हो । माल्टा लगायत युरोपमा रहेका नेपालीहरुलाई एकताबद्ध गरी नेपालको मौलिकतालाई युरोपमा प्रवद्र्वन गर्न ब्लु हर्स इन्टरटेन्मेन्ट निरन्तर सक्रिय रहने समेत शर्माको भनाई थियो । यस संस्थाको संरक्षक उदयबाबु श्रेष्ठ रहेका छन ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स) तथा संस्थापक अध्यक्ष तेज बहादुर लिम्बु द्वयले नेपाली कला संस्कृतिको प्रवद्र्धनका लागि नयाँ खुलेको संस्थालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । एनआरएन माल्टाका सल्लाहकार हरि बिसिले समग्र टिमलाई शुभकामना व्यक्त गर्दै ब्लु हर्ष ईन्टरटेन्टमेन्टले युरोपमा रहेका नयाँ प्रतिभाहरुलाई आफ्ना प्रतिभा प्रस्फुटन गर्न महत्वपूर्ण अवसर प्रदान गर्न सक्ने विचार राखे ।

माल्टाबासी नेपाली, विभिन्न संघ संस्था प्रतिनिधि एवं व्यवसायीहरुको उपस्थिति रहेको कार्यक्रम ब्लु हर्स इन्टरटेन्मेन्ट संयोजक डम्बर राणाको संयोजकत्वमा भएको थियो । कार्यक्रमको संचालन असिम लोप्चनले गरेका थिए । माल्टा पछिल्लोसमय नेपालीहरुका लागि रोजगारीको आकर्षक गन्तव्य बनेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested