English

ब्रिटिस प्रोफेसनल कलेजकन विद्यार्थीद्वारा पुनः विश्व स्तरीय नतिजा ल्याउन सफल



ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी)मा एसीसीए (एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स) अध्ययनरत विद्यार्थीहरूले पुनः विश्व स्तरीय नतिजा ल्याएका छन् । द ब्रिटिस कलेजको भागिनी संस्था बीपीसीमा अध्ययनरत विद्यार्थीहरूले यसअघिको उत्कृष्ट नतिजालाई कायम राख्दै पुनः विश्व स्तरीय नतिजा ल्याएका हुन् ।

बीपीसीमा अध्ययनरत विद्यार्थीहरू दिपांशु थापा र हर्षवर्धन शाहले सन् २०२३ को जुन महिनामा भएको ‘ट्याक्सेसन’ विषयको परीक्षामा विश्व स्तरीय नतिजा ल्याएका हुन् । थापाले ९८ प्रतिशत अंक ल्याएर विश्वकै दोस्रो स्थान हासिल गरे भने ९७ प्रतिशत अंक ल्याएर शाह तेस्रो भए । त्यस्तै, रञ्जन पौडेलले ‘स्ट्राटेजिक बिजनेस रिपोर्टिङ’ विषयमा ९१ प्रतिशत अंक ल्याएर दोस्रो स्थान हासिल गरेका छन् ।

यसअघि बीपीसीमा अध्ययन गरेका विद्यार्थीहरू रिया मानन्धर र रेजिका महर्जन दुई पटकसम्म विश्वकै उत्कृष्ट विद्यार्थी बनेका थिए । पूर्व विद्यार्थीहरूको पाइला पछ्याउँदै यस पटक पनि कलेजका तीन विद्यार्थीहरूले राम्रो नतिजा ल्याएका हुन् ।

एसीसीए कार्यक्रम विश्वको सबैभन्दा ठूलो र द्रुत गतिमा अघि बढिरहेको अन्तर्राष्ट्रिय लेखा निकाय हो । विश्वका १७९ देशमा फैलिएको एसीसीएमा ५ लाख ३५ हजार भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् । तसर्थ, बीपीसीमा अध्ययनरत विद्यार्थीहरूले विश्व स्तरको नतिजा ल्याउनु अविश्वसनीय उपलब्धि हो ।

हामी गुणस्तरीय शिक्षामा केन्द्रित रहेको कुरा यी नतिजाहरूबाट पनि प्रस्ट हुन्छ । यही उपलब्धिको कारण अब हामीले सीमित संख्यामा मात्रै भर्नाहरू लिने भएका छौँ।

कार्यकारी प्रिन्सिपल, प्रोफेसर मेरी विशपले कठिन परीक्षामा विद्यार्थीहरूको नतिजा असाधारण रहेको बताइन् । एसीसीए फेलो तथा एसीसीए ग्लोबल लर्निङकी पूर्व निर्देशक समेत रहेकी उनले भनिन्, ‘यो परीक्षा निकै कठिन हुन्छ, यस्तो परीक्षामा विश्वकै उत्कृष्ट बन्नु असाधारण हो । विद्यार्थीहरूलाई उनीहरूको उपलब्धि र प्रतिबद्धताको लागि बधाई दिन चाहन्छु। साथै, विद्यार्थीहरूलाई मार्गदर्शन गर्ने शिक्षकहरूलाई पनि बधाई दिँदै आगामी दिनमा पनि यस्तै साथ र सहयोग गर्न आग्रह गर्दछ ।’

निरन्तर विश्व स्तरीय नतिजा ल्याएकोमा कलेजलाई हालै एसीसीएले प्रतिष्ठित ‘प्लेटिनम अप्रुभल लर्निङ पार्टनर’को दर्जा प्रदान गरेको छ । प्लेटिनम अप्रुभल शैक्षिक संस्थाहरूलाई प्रदान गरिने सबैभन्दा उच्चस्तरको अवार्ड हो । त्यसैले अवार्ड कलेजको लागि सबैभन्दा ठूलो उपलब्धि समेत हो ।

विद्यार्थीहरूको सफलताबारे बोल्दै ब्रिटिस कलेजका मार्केटिङ प्रमुख अमरदीप मण्डलले आफूहरूले निरन्तर स्तरीय शिक्षा प्रदान गरिरहेको बताए। उनले भने, ‘हामी गुणस्तरीय शिक्षामा केन्द्रित रहेको कुरा यी नतिजाहरूबाट पनि प्रस्ट हुन्छ । यही उपलब्धिको कारण अब हामीले सीमित संख्यामा मात्रै भर्नाहरू लिने भएका छौँ। साथै, हाम्रा विद्यार्थीहरूले अन्य यस्तै विश्व स्तरीय नतिजा ल्याउने पर्खाइमा छौँ ।’

यो पनि…
जागिर दिने धन्दामा विद्यार्थी पर्छन् फन्दामा
‘प्लस टु पास मैले स्नातकका विद्यार्थीलाई ३ महिना पढाएँ, तर थाहा पाएनन्’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested