English

मनी प्लान्ट रोप्दा नगर्नुहोस् यी गल्ती



धेरै मानिसहरू रूख र बोटबिरुवाले घर सजाउँछन् । रुख तथा बोटबिरुवाले घरको सौन्दर्य बढाउनुका साथै आर्थिक अवस्था पनि मजबुत बनाउँछ । केही रुख र बिरुवाहरू छन् जसले घरमा धन बढाउँछ। मनी प्लान्ट ती मध्ये एक हो । मान्यता अनुसार जुन घरमा मनी प्लान्ट हुन्छ, त्यस घरमा सदा लक्ष्मीको कृपा रहन्छ । तर वास्तु शास्त्रमा मनी प्लान्ट रोप्ने केही नियम दिइएको छ । यदि यी वास्तु नियम अनुसार मनी प्लान्ट रोप्नु भएन भने घरमा धनसम्बन्धी समस्या आउन सक्छ ।

उत्तर–पूर्व दिशामा बिरुवा रोप्नु हुँदैन

दिशाको महत्त्व वास्तु शास्त्रमा व्याख्या गरिएको छ । त्यसैले उत्तर–पूर्व दिशामा मनी प्लान्ट कहिल्यै लगाउनु हुँदैन । जसका कारण घरपरिवारका सदस्यहरूलाई आर्थिक समस्याको सामना गर्नु पर्नेछ ।

ड्राई मनी प्लान्ट

यसबाहेक घरमा ड्राई मनी प्लान्ट कहिल्यै लगाउनु हुँदैन । यदि यसको पातहरू सुक्यो वा पहेँलो भयो भने, तिनीहरूलाई तुरुन्तै घरबाट हटाउनुहोस् । घरमा सुख्खा मनी प्लान्ट राख्दा अशुभ हुन्छ ।

मनी प्लान्टको हाँगाले जमिन छुनु हुँदैन

वास्तु शास्त्रका अनुसार मनी प्लान्ट जति बढ्दै जान्छ, त्यति नै मानिसको उन्नति पनि हुन्छ । तर मनी प्लान्टको हाँगाले जमिनलाई कहिल्यै छुनु हुँदैन भन्ने कुरामा ध्यान दिनुहोस् । यसको हाँगा जमिनमा खस्यो भने धन हानि हुन सक्छ ।

घरबाहिर मनी प्लान्ट लगाउनु हुँदैन

मनी प्लान्ट घर बाहिर कहिल्यै लगाउनु हुँदैन । मनी प्लान्टमा बाहिरी व्यक्तिको नजर परेमा मनी प्लान्टको वृद्धि रोकिन्छ र परिवारका सदस्यको आर्थिक अवस्था पनि प्रभावित हुने जनविश्वास छ । त्यसैले घरमा सधैँ मनी प्लान्ट लगाउनुपर्छ ।

मनी प्लान्टको कारोबार नगर्नुहोस्

यसबाहेक मनी प्लान्टको कारोबार गर्नु हुँदैन । मान्यताका अनुसार यसले शुक्रलाई क्रोधित बनाउँछ र व्यक्तिले आर्थिक समस्याको सामना गर्नुपर्ने हुन सक्छ । मनी प्लान्ट कसैलाई दिएमा सुख र समृद्धि हराउन सक्छ ।

यो पनि…
वास्तु शास्त्रअनुसार मनी प्लान्ट यसरी रोप्नुहोस्
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested