English

भारतको ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’ (फोटो फिचर)



काठमाडौँमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैटौँ संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट सङ्गीतकार शम्भुजित बास्कोटा, गायिका देवीका वन्दना, क्रिकेटर पारस खड्का, निर्देशक आकाश अधिकारी, नेपाली पात्रोका प्रमुख कार्यकारी निर्देशक सन्तोष कुमार देवकोटा, वरिष्ठ मनोरञ्जन पत्रकार डब्बु क्षेत्री, रजतपटका प्रस्तोता तथा चलचित्र पत्रकार प्रकाश सुवेदी लगायतका नेपाली खेलाडी, कलाकर्मी, मिडियाकर्मी हरूलाई विशिष्ट सम्मान प्रदान गरिएको छ ।

विशिष्ट सम्मान ग्रहण गर्दै वरिष्ठ कलाकार हरिवंश आचार्य

सांसद तथा व्यवसायी विनोद चौधरी प्रमुख अतिथि रहेको ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’मा बलिउडका सदाबहार कलाकार तथा चर्चित खतपात्र रञ्जित, ९० को दशकको चर्चित सिनेमा ‘मैने प्यार किया’ स्टार अभिनेत्री भाग्यश्री, दार्ह्रा सिंहका सुपुत्र विन्दु दाह्रा सिंह, कमेडियन भिआइपी कार्यक्रमका मुख्य आकर्षण थिए ।

अवार्ड समारोहमा वरिष्ठ हास्य अभिनेत्री वसुन्धरा भुसाल, सांसद विनोद चौधरी, अभिनेता तथा निर्देशक आकाश अधिकारी, भाग्यश्री, विन्दु दाह्रा सिंह, कमेडियन भिआइपी लगायतले अवार्ड तथा सम्मान प्रदान गरे । त्यस्तै, कृष्ण भुसाल, तुलसी गिरी, कृष्ण भट्टराई, कुबेर गिरी, गीता अधिकारी, उत्सव रसाइली, सुरक्षा भट्टराईलाई पत्रकारिता मार्फत मनोरञ्जन क्षेत्रमा निरन्तर सेवाका लागि सम्मान गरिएको छ ।

विशिष्ट सम्मान ग्रहण गर्दै क्रिकेटर तथा पूर्व कप्तान पारस खड्का

चलचित्र तर्फको विधामा भने अभिनेत्री प्रियंका कार्कीलाई उत्कृष्ट अभिनेत्री, धिरज मगर उत्कृष्ट अभिनेता, मिलन चाम्स उत्कृष्ट निर्देशक, श्रद्धा क्षेत्री उत्कृष्ट डेब्यु अभिनेत्री, अरुण क्षेत्री उत्कृष्ट डेब्यु अभिनेता, विजय बराल उत्कृष्ट हास्य कलाकार, दीपक शर्मालाई उत्कृष्ट सङ्गीतकार अवार्ड, कमल राईलाई उत्कृष्ट कोरियोग्राफर, शङ्कर पाण्डेलाई उत्कृष्ट प्रोडक्सन डिजाइनर र फिल्म ‘महापुरुष’लाई वेस्ट चलचित्र अवार्ड प्रदान गरियो ।

भारतका केही व्यवसायी तथा बलिउडकर्मी र नेपाली गरेर करिब दुई दर्जन बढीलाई अवार्ड प्रदान गरिएको थियो ।भारतको ‘फर्न इभेन्ट्स –– Fern Events’ का अनुसार भारतका विभिन्न मुख्य सहरहरूमा पाँचौँ संस्करणको सफल आयोजन पछि पहिलो पटक यस अवार्डका लागि नेपाल आएको र यस कार्यक्रमले नेपालको कला संस्कृतिका साथै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुराउने छ ।

विशिष्ट सम्मान ग्रहण गर्दै डिजिटल माडिया एक्सपर्ट तथा नेपाली पात्रोका सिइओ सन्तोष कुमार देवकोटा

यो पनि…
‘मेरो गाउँ, मेरो ठाउँ’ २०२३ को उपाधि टिम डुलुवालाई (फोटो फिचर)
भिडियो च्यालेन्ज अभियानमा लब्ध प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested