English

‘मेरो गाउँ, मेरो ठाउँ’ २०२३ को उपाधि टिम डुलुवालाई (फोटो फिचर)



‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ मा वेस्ट भिडियो अफ द इयरको उपाधि टिम डुलुवाको ‘दि नर्थन वालले’ जितेको छ । यसका साथै टिमले नगद पाँच लाखसहित भिडियो च्यालेन्ज २०२३ अवार्ड पनि प्राप्त गर्यो । त्यस्तै प्रतियोगिताको दोस्रो महत्वपूर्ण ‘जजेज च्वोइस अवार्ड’ विजेता आर्यन कुँवरको ‘मयूरी चाल’ बन्याे । यसले नगद दुई लाखसहित ‘मेरो गाउँ, मेरो ठाउँ’ अवार्ड हात पार्यो । प्रतियोगिताको ‘मोष्ट एर्नजेटिक भिडियो मेकर’ अवार्ड टिम डुलुवाकै ‘मेरो गाउँ तकसेरा’ ले जितेको छ । यसले एक लाख नगदसहित अवार्ड जित्यो । एकभन्दा बढी भिडियो पठाउने प्रतियोगीहरूलाई यसमा प्रतिस्पर्धा गराइएको थियो ।

प्रतियोगितामा कुल दस वटा विधामा अवार्ड प्रदान गरिएको थियो । ‘फ्युचर स्टार अफ दि इयर’– आदर्श पाण्डे, ‘मोष्ट पोटेन्सियल डेस्टिनेसन’–सन्दकपुर गाउँपालिका, ‘वेस्ट एडिटर’–आकाश धिमाल, ‘वेस्ट स्क्रिप्ट–भ्वाईस ओभर’–रुमण थापा, ‘वेस्ट स्टोरी कन्सेप्ट डिरेक्सन’–सुरेश कुमार मुखिया, ‘वुनम भिडियो मेकर अफ दि इयर’–गरिमा भण्डारी र ‘वेस्ट सिनेमाटोग्राफर’–सन्तोष मालेकरले जिते । योसँगै विजेता एक–एक लाख रुपैयाँ नगदसहित भिडियो च्यालेन्ज अवार्ड हात पारे । सन् २०२० र २०२३ मा प्राप्त २ सय ५८ भिडियो मध्येबाट विभिन्न दश विधामा ७० वटा भिडियो मनोनयन गरिएको थियो । प्रतियोगिता फाउन्डेसन र नेपाल टेलिभिजनको संयुक्त आयोजनामा भएको हो ।

प्रतियोगीहरुमा मेरो देश र मेरो गाउँठाउँ मैले नै चिनाउनु पर्छ भन्ने जुन हुटहुटी देखियो त्यसले हामीमा यस प्रतियोगितालाई निरन्तरता दिनुपर्छ भन्ने जोस जाँगर अझ बढेको छ ।

राष्ट्रिय सभा गृहमा शनिबार आयोजित कार्यक्रममा फाउन्डेसनका संस्थापक तथा अध्यक्ष तुलसी कुमार गुरुङले ‘मेरो गाउँ, मेरो ठाउँ भिडियो च्यालेन्जको पहिलो संस्करणले ओझेलमा रहेका थलोहरु उजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । ‘दुर्भाग्यवश कोरोना महामारीका कारण हामीले वितेका तीन वर्ष हामीले प्रतियोगिता आयोजना गर्न सकेनौँ । आफ्नो गाउँठाउँ चिनाउने यस अभियानलाई निरन्तरता दिइरहने अध्यक्ष गुरुङले प्रतिबद्धता व्यक्त गरे । फाउन्डेसनका निर्देशक तथा कार्यक्रम संयोजक निर्मल श्रेष्ठले अर्को वर्षदेखि विदेशमा बस्ने नेपालीका लागि समेत लक्षित गरी अर्को विधा ‘मेरो गाउँ, मेरो ठाउँ इन्टरनेसनल’ थपिने बताए । यस विधामा विदेशमा हुने नेपाल प्रर्वद्धनात्मक गतिविधिका वृत्तचित्र प्रतियोगितामा समेटिने छन् । ‘हामीलाई भिडियो पठाएर आफ्नो गाउँठाउँ चिनाउँन गर्नुभएको प्रयास निकै सह्रानीय छ । प्रतियोगीहरुमा मेरो देश र मेरो गाउँठाउँ मैले नै चिनाउनु पर्छ भन्ने जुन हुटहुटी देखियो त्यसले हामीमा यस प्रतियोगितालाई निरन्तरता दिनुपर्छ भन्ने जोस जाँगर अझ बढेको छ ।’ उनले सुनाए । यस वर्षदेखि विजेता दस भिडियोलाई विभिन्न देशहरूमा प्रदर्शन गरिने पनि उनले सुनाए ।

आयोजक पक्षले यो कार्यक्रम सँगै अगाडि बढाउँ भन्ने प्रस्ताव लिएर आउँदा धेरै हुने कार्यक्रमको भिडमा अर्को एउटा थपिने मात्रै हो कि भन्ने लागेको थियो, त्यसलै हामीले अलिकति समय लियौं, बुझ्दै जाँदा यो कार्यक्रमबाट हामीले देशको विकासमा राष्ट्रिय योगदान गर्न सकिन्छ भन्नेमा विश्वस्त बन्यो ।

‘आयोजक पक्षले यो कार्यक्रम सँगै अगाडि बढाउँ भन्ने प्रस्ताव लिएर आउँदा धेरै हुने कार्यक्रमको भिडमा अर्को एउटा थपिने मात्रै हो कि भन्ने लागेको थियो, त्यसलै हामीले अलिकति समय लियौं‘, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग शाहले भने, ‘बुझ्दै जाँदा यो कार्यक्रमबाट हामीले देशको विकासमा राष्ट्रिय योगदान गर्न सकिन्छ भन्नेमा विश्वस्त बन्यो ।’ विभिन्न अध्ययनले नेपालको विकास ऊर्जा र पर्यटनबाट मात्र सम्भव देखाएको उल्लेख गर्दै उनले पर्यटन क्षेत्रमा अगाडि बढ्न यस भिडियो च्यालेन्जले धेरै महत्वपूर्ण भूमिका खेल्ने बताए ।

वि विल राइज फाउन्डेसनले उदार भावना र महान उद्देश्यसहित यो कार्यक्रम आयोजना गरेकोमा प्रमुख अतिथि समेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले धन्यवाद व्यक्त गरे । ‘आगामी दिनमा वि विल राइजजस्ता संस्थाहरूको विकास र सुदृढीकरणले नेपालको पहिचान र प्रगतिलाई अझ उन्नत उचाइमा पुर्याउन सफल बनोस् ।’ उनले भने, ‘हामी अहिले त्यस्ता संस्थाहरूको खोजीमा पनि छौँ, जसले विभिन्न ठाउँबाट र विभिन्न कोणबाट नेपालको पहिचान र प्रगतिका निम्ति योगदान गरीरहेका छन् तर बाहिर त्यति धेरै चर्चामा आएका छैनन्, त्यस्तै एउटा संस्था यस फाउन्डेसन पनि हो भन्ने लाग्यो । अहिले हामी नीति तथा कार्यक्रमको बजेट बनाउने सन्दर्भमा यस्तै थुप्रै संस्थासँग प्रधानमन्त्री र हामीले छलफल पनि गरेका छौँ ।’

यस कार्यक्रमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म डेस्टिनेसनका लागि नेपालका सुन्दर ठाउँहरूको उजागर गरेको अभिनेता तथा चलचित्र विकास बोर्डको अध्यक्ष भुवन केसीले बताए । पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएरपनि ओझेलमा परेका कुनै पनि महत्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभुषा, जातजातिको पहिचान, खानपान, कलासंस्कृति लगायतका विषयवस्तुमा केन्द्रित रही फाउन्डेसनले राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’ को आयोजना गर्दै आएको छ । फाउन्डेसनले गतवर्ष फाल्गुण १२ देखि यसवर्षको वैशाख २१ गतेसम्म वृत्तचित्र पठाउन आह्वान गरेको थियो ।

यो पनि…
भिडियो च्यालेन्ज अभियानमा लब्ध प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जको ‘ग्राण्ड फिनाले’ जेठ १३ गते हुने



...
Carson

Learning tto ride a bie adultGay maso sadoNude moms and daughterFree fuck midgewt movieNude femaale tv actressesMiilf mom son movies longHentai naziAngela forum pussy teenEduucation guide newsweek program teenYeng shemale xnxx Sex toys and dressFree women orgssm moviesAge of empires 3 asian dinastysMatue legs spread videosHot sexy stripping girls free pornBlonde in white bikini photoSeex orgy storiesKesha frrom tic toc nudeEastern boys gay https://hiporn.cc Botttom line tripleRedtub hairy old bitchAsian clit free galleryChubby babes pornPictures hairdy matture womenLonng sexdy stockingBlack cock old women11 people you wsnt too see nakedNikkji hardcore xnxx Cheap eats las vegas stripAdult free picture sex womanVisectomy sperm monthsFatty bladk blowjobFree sex amateur movie downloadNypd blue bare bottomFreee interracial mpegYmca boys gaysLive seex newsKiim possible adult ssex gamesTranssex thumbs Also vissit my blog post web page

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested