English

थेग्नै नसक्ने गरी फैलियो कोरोनाः स्वास्थ्य मन्त्रालय



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी कोरोना संक्रमण फैलिएको भन्दै आमनागरिकलाई संवेदनशील बन्न आग्रह गरेको छ । २२ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलिएकाले मन्त्रालयले सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली कञ्चनपुर लगायतका जिल्ला कोरोनाको हटस्पट बनेको छ । यी जिल्लाहरुमा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न र बेड उपलब्ध गराउन नसकिने अवस्था सिर्जना भएको मन्त्रालयको भनाई छ ।

त्यसैले संक्रमण रोकथाममा जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न, देश विदेश जाने आउने वा आन्तरिक बाह्य पर्यटनका लागि कहिँ कतै जाने कामहरु पूर्ण रुपमा बन्द गर्न र भीडभाड नगर्न मन्त्रालयले अनुरोध गरेको छ ।



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested