English

हाम्रै भान्सामा पाइने कागतीको अनेकौँ फाइदा



हाम्रो भान्सामा यस्ता धेरै खानेकुराहरू छन् जुन स्वास्थ्यका लागि फाइदाजनक छन्। यसको प्रयोगबाट धेरै प्रकारका शारीरिक समस्याबाट छुटकारा पाउन सकिन्छ र धेरै रोगको जोखिम कम गर्न सकिन्छ । यी खानेकुरा मध्ये एक हो कागती। कागती धेरै औषधीय गुणहरूले भरिपूर्ण छ। अनुहारको दाग र पिम्पल देखि लिएर स्वास्थ्यसँग सम्बन्धित अन्य समस्याहरूमा कागतीको प्रयोग गर्न सकिन्छ। कागतीमा भिटामिन सी हुन्छ । कागतीलाई आयुर्वेदमा एउटा महत्त्वपूर्ण फल मानिन्छ, जसलाई विज्ञहरूले रोग मार्ने र रोग प्रतिरोधी क्षमता बढाउने फलका रूपमा मान्यता दिएका छन् । कागतीलाई घरेलु उपचार र औषधीको रूपमा प्रयोग गरिन्छ। पोषक तत्त्वले भरिपूर्ण कागतीमा धेरै फाइदाहरू छन्। कागतीको नियमित सेवनबाट हुने स्वास्थ्य लाभ र फाइदाहरू बारे जानौँ।

कागती पेटको समस्यामा फाइदाजनक हुन्छ

कब्जियत– यदि तपाईँलाई पाचन वा पेटसँग सम्बन्धित समस्या छ भने तपाईँले कागतीको रस सेवन गर्न सक्नुहुन्छ। बिहान उठेपछि खाली पेटमा दुई गिलास पानीमा एक कागती र केही नुन मिसाएर पिउनुहोस् । बेलुका कागती नुन पानी पनि पिउनुहोस्। यसो गर्नाले कब्जियतबाट आराम मिल्छ ।

बान्ता– यसबाहेक यदि तपाईँलाई बान्ता भइरहेको छ भने आधा कप पानीमा कागतीको रस, जिरा र अलैँचीको दाना मिसाएर पिउनुहोस् । यसलाई दुई घण्टाको अन्तरालमा पिउँदा बान्ता बन्द हुन्छ ।

अमिलो डकार– उचित खाने बानी नहुँदा खाना पच्दैन जसका कारण शरीरमा एसिडिटी बढ्छ र अमिलो डकार लाग्न थाल्छ । यसबाट छुटकारा पाउन पेयमा कागतीको रस, चिनी र थोरै नुन मिसाएर पिउँदा आराम मिल्छ ।

अनुहारको दाग हटाउँछ

मानिसहरूको प्रायः छालामा दाग आउने समस्याबाट सताइरहेको हुन्छ । यसको सस्तो र लाभदायक उपाय कागती हो। एक चम्चा क्रिममा एक चौथाइ कागती निचोरेर दिनहुँ अनुहारमा लगाउनुहोस् । यसले अनुहारको रङ्ग निखार्छ र दागबाट पनि राहत दिन्छ। करिब एक महिनासम्म यसो गर्दा प्रभाव देख्नुहुनेछ।

तौल घटाउँछ

कागतीको रस तौल घटाउन वा मोटोपना कम गर्नका लागि फाइदाजनक हुन्छ । दैनिक बिहान एक गिलास पानीमा एक कागतीको रस र दुई चम्चा मह मिसाएर सेवन गर्नाले तौल घट्छ ।

कपाल झर्न रोक्छ

कागतीले कपाल झर्न रोक्छ। पाकेको केरामा कागतीको रस मिसाएर पेस्ट बनाएर नियमित रूपमा टाउकोको जरामा लगाउनुहोस्। अमलाको धूलोमा कागतीको रस मिसाएर पनि कपालमा लगाउन सकिन्छ, यसले चायाँ हटाउँछ र कपाल कालो र लामो बनाउँछ।

पिडाबाट राहत

कागती धेरै प्रकारको दुखाइमा पनि फाइदाजनक हुन्छ । पेट दुख्ने वा दाँत दुख्ने, जोर्नी र कानको दुखाइमा कागतीको रस प्रयोग गर्न सकिन्छ।

पेट दुख्ने– पेट दुखाइबाट आराम पाउनको लागि अजवाइन, जिरा र चिनी बराबर मात्रामा पिसेर खाने । नुन र अलिकति कागतीको रस मिसाएर मनतातो पानीसँग खानुहोस् ।

दाँत दुख्ने– दाँत दुख्ने समस्या भएमा २–३ वटा लौंग पिसेर त्यसमा कागतीको रस मिसाएर प्रभावित दाँतमा लगाएर हल्का औँलाले घुसाउनुहोस् ।

जोर्नी दुख्ने – यदि तपाई जोर्नी दुख्ने समस्याबाट हैरान हुनुहुन्छ भने कागतीको रसमा मालिस गर्नु वा कागती पानी पिउनु फाइदाजनक हुन्छ ।

यो पनि…
तौल घटाउन प्रभावकारी जिरा
तौल घटाउनका लागि महत्त्वपूर्ण छ खाना



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested