English

सेयर बजारमा झिनो अंकको वृद्धि



साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सेयर बजार १.५४ अंकले बढेको छ। यस दिन नेप्से ०.०७ प्रतिशतले बढेर २०९६.०८ बिन्दुमा बन्द भएको छ।

बिहीबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। गत कारोबार दिन अर्थात् बिहीबार २ अर्ब ९ करोड ६४ लाख १९ हजार १६१ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

नाफा २३७.२९ प्रतिशत बढेको वित्तीय विवरण प्रकाशित गरेको नेपाल लाइफ इन्स्योरेन्सको आइतबार सर्वाधिक कारोबार भएको छ। कुल १ अर्ब ९३ करोड १७ लाख १९ हजारको सेयर कारोबार भएको यस दिन नेपाल लाइफ इन्स्योरेन्सको मात्र ६ करोड ४४ लाख बराबरको सेयर कारोबार भएको हो।

आज उक्त कम्पनीको सेयर मूल्य ७३२ रुपैयाँ कायम भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०.६८ प्रतिशत घटेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा एनआइसी एशिया बैंक रहेकोे छ। उक्त कम्पनीको ८१७ रुपैयाँमा ५ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आइतबार २५८ वटा धितोपत्रको ५२ लाख ६ हजार ३७० कित्ता सेयर किनबेच भएको हो।

आइतबार आदर्श लघुवित्त सेयर मूल्य १० प्रतिशतले बढेको छ। यस दिन उक्त कम्पनीको प्रतिकित्ता मूल्य दुई हजार १२१ रुपैयाँ ७० पैसा पुगेको छ।

यस्तै, पोखरा फाइनान्सको सेयर मूल्य ८.४९ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ४२५ रुपैयाँ ३० पैसा पुगेको छ। यस दिन सर्वाधिक मूल्य घट्नेमा इष्टर्न हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ५.४५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४५१ रुपैयाँ कायम भएको छ।

यस्तै, १०.२५ प्रतिशत प्रभु बैंक डिवेञ्चर २०८६ को मूल्य ४.८६ प्रतिशतले घटेर प्रति डिवेञ्चर मूल्य ८८० रुपैयाँमा झरेको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ। यस दिन वित्त समूहको परिसूचक सर्वाधिक १.६१ प्रतिशतले बढेको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested