English

बिहीबार सेयर बजार स्थिर



साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार सेयर बजार स्थिर रहेको छ। गत कारोबार दिन २१८३ बिन्दुमा पुगेर बन्द भएको सेयर बजार आज पनि सोही बिन्दुमा बन्द भएको छ।

बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। गत कारोबार दिन अर्थात् बुधबार ३ अर्ब ४६ करोड ६५ लाख ८ हजार ३३८ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम घटेर आज २ अर्ब ८६ करोड ८२ हजार ८३९ रुपैयाँमा सीमित भएको छ।

आज २५४ वटा धितोपत्रको ७७ लाख ६४ हजार १५३ कित्ता सेयर किनबेच भएको हो। बिहीबार लुम्बिनी जनरल इन्स्योरेन्स, आदर्श लघुवित्त र बाराही हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ। यस दिन उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः ४२० रुपैयाँ २० पैसा, एक हजार १९७ रुपैयाँ ९० पैसा र ४८६ रुपैयाँ २० पैसा पुगेको छ।

यस दिन सर्वाधिक मूल्य घट्नेमा समृद्धि फाइनान्स रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ७.६८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३४५ रुपैयाँ कायम भएको छ। यस्तै, सप्तकोशी डेभलपमेण्टको सेयर मूल्य ४।५० प्रतिशतले घटेर प्रति कित्ता मूल्य २६९.३० रुपैयाँमा झरेको छ।

बिहीबार सर्वाधिक सेयर खरिद–बिक्री समृद्धि फाइनान्सको भएको छ। यस दिन उक्त कम्पनीको ३४५ रुपैयाँमा ९ करोड ७० लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिडी पावर रहेकोे छ। उक्त कम्पनीको ५६८ रुपैयाँमा ८ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सात समूहको परिसूचक घटेको छ भने बाँकी ६ समूहको परिसूचक बढेको छ। यस दिन निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक १.४९ प्रतिशतले बढेको छ भने वित्त समूहको परिसूचक सर्वाधिक १.३६ प्रतिशतले घटेको हो।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested