English

बुधबार सेयर बजारमा हरियाली



बुधबार सेयर बजार १०.३७ अंकले बढेको छ। आज नेप्से ०.४८ प्रतिशतले बढेर २१८३.६२ बिन्दुमा पुगेर बन्द भएको छ।

बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। गत कारोबार दिन अर्थात् मंगलबार ३ अर्ब ३२ लाख ३० हजार ३९ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम बढेर आज ३ अर्ब ४६ करोड ६५ लाख ८ हजार ३३८ रुपैयाँ पुगेको छ। यस दिन २६१ वटा धितोपत्रको ९५ लाख ३२ हजार ८६७ कित्ता सेयर किनबेच भएको हो।

बुधबार ग्रीन लाइफ हाइड्रोपावर र आदर्श लघुवित्तको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ। यस दिन उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य ३३८ रुपैयाँ ८० पैसा र एक हजार ८९ रुपैयाँ पुगेको छ। यस्तै, सानिमा जिआइसी इन्स्योरेन्स र सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ।

आज सर्वाधिक मूल्य घट्नेमा आरबिबी म्युचुअल फण्ड–१ रहेको छ। उक्त फण्डको इकाइ मूल्य ५.७० प्रतिशतले घटेर प्रति इकाइ मूल्य ७ रुपैयाँ ७७ पैसा कायम भएको छ। यस्तै, जानकी फाइनान्सको सेयर मूल्य ३.८६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४२३ रुपैयाँमा झरेको छ।

बुधबार सर्वाधिक सेयर खरिद–बिक्री नेशनल हाइड्रोपावरको भएको छ। यस दिन उक्त कम्पनीको २७८ रुपैयाँमा १० करोड १४ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा १.४२ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा हिमाल दोलखा हाइड्रोपावर रहेकोे छ। उक्त कम्पनीको २५१ रुपैयाँ ९० पैसामा ९ करोड २१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक घटेको छ भने बाँकी १० समूहको परिसूचक बढेको छ।

यस दिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ३.६५ प्रतिशतले बढेको छ भने अन्य समूहको परिसूचक सर्वाधिक १.५० प्रतिशतले घटेको हो।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested