English

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर



नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बैंकले आज बिहीबारको लागि निर्धारण गरेको दर अनुसार अमेरिकी र अष्ट्रेलियन डलर, पाउन्ड र युरोलगायतको भाउ घटेको छ।

अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ २३ पैसा र बिक्री दर १३० रूपैयाँ ८३ पैसा पुगेको छ। यो अघिल्लो दिनको तुलनामा केही कमि हो। यस्तै युरो एकको खरिददर १३९ रूपैयाँ ९२ पैसा र बिक्रीदर १४० रूपैयाँ ५६ पैसा रहेको छ। युरोको भाउ पनि अघिल्लो दिनको तुलनामा केही घटेको हो।

यता बेलायती पाउण्ड एकको खरिददर १५८ रूपैयाँ र बिक्री दर १५८ रुपैयाँ ७२ पैसा रहेको छ। युरो पनि बुधबारको तुलानमा केही सस्तो भएको हो। यस्तै अष्ट्रेलियन डलर एकको खरिददर ९० रूपैयाँ १ पैसा र बिक्रीदर ९० रूपैयाँ ४२ पैसा छ। अष्ट्रेलियन मूल्य पनि आज घटेको छ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ५७ पैसा र बिक्री दर ३५ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

हिमालय एअरलाइन्स्, नेपालको पहिलो र एक मात्र IOSA (IATA अपरेशनल सेफ्टी अडिट) मा दर्ता भएको वायुसेवा बनेर नेपालको उड्डयन क्षेत्रको

‘स्ट्रिक्स प्रोफेसनल’ले आफ्नो नयाँ कलेक्सन ‘मर्कुरिअल’ सार्वजनिक गरेको छ । यो प्रदर्शनी विशेष गरी सैलुन व्यवसायी र हेयर स्टाइलिस्ट लक्षित