English

उकालो यात्रामा रहेको सेयर बजारमा दोहोरो अंकको गिरावट



पछिल्लो समय लगातार बढिरहेको सेयर बजार आज मङ्गलबार भने दोहोरो अङ्कले घटेको छ । सेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ३४ अङ्कले घटेर दुई हजार एक सय ९० दशमलव ४३ विन्दुमा झरेको हो ।

विकास बैंक र म्युचल फन्डबाहेक अरू सबै समूहको सेयर घटेकोमा बीमा, फाइनान्स, माइक्रोफाइनान्स र होटल समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।

बजार घटे पनि कारोबार रकम भने निकै बढेको छ । आज दुई सय ५४ वटा कम्पनीका दुई करोड आठ लाख ४३ हजार कित्ता सेयर सात अर्ब ६५ करोड ८८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको २१ करोड र अपी पावर कम्पनीको २० करोड रुपैयाँभन्दा धेरैको सेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै तारागाउँ रिजेन्सी होटलको सेयर साढे आठ प्रतिशत तथा बुद्धभूमि नेपाल हाइड्रोको सेयर साढे सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज बाराही हाइड्रोको शेयर १० प्रतिशतले, एचआईडीसीएलको साढे नौ प्रतिशतले र सिँगटी हाइड्रोको सेयर साढे आठ प्रतिशतले बढेको छ ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested