English

सेयर बजारमा हरियाली



पहिलो कारोबार दिन अर्थात् आइतबार सेयर बजार २०.५५ अंकले बढेको छ। आज नेप्से परिसूचक ०.९६ प्रतिशतले बढेर २१६४.४८ बिन्दुमा पुगेर बन्द भएको छ।

नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि बढेको छ। गत कारोबार दिन अर्थात् बिहीबार ५ अर्ब ४ करोड ७ लाख ४० हजार ९३७ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम बढेर आज ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार रुपैयाँ पुगेको छ।

आइतबार २५९ वटा धितोपत्रको १ करोड ४१ लाख ९८८ कित्ता सेयर किनबेच भएको छ। आज दुई कम्पनीको सेयर १० प्रतिशतले बढेको छ। खप्तड लघुवित्त र बाराही हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो। खप्तड लघुवित्तको प्रतिकित्ता मूल्य एक हजार ५४५ रुपैयाँ ५० पैसा र बाराही हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता २५८ रुपैयाँ ५० पैसा कायम भएको छ।

आज सर्वाधिक मूल्य घट्नेमा बुद्धभूमी हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ४.२५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४५५ रुपैयाँमा झरेको छ। यस्तै, वीन नेपाल लघुवित्तको सेयर मूल्य ४।२३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ५० रुपैयाँ ६० पैसामा झरेको छ।

आइतबार सर्वाधिक सेयर खरिद–बिक्री हिमालयन डिष्टिलरीको भएको छ। उक्त कम्पनीको २ हजार ८७१ रुपैयाँमा २१ करोड २९ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३.३३ प्रतिशत घटेको छ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा शिवम् सिमेन्ट रहेकोे छ। उक्त कम्पनीको ५७५ रुपैयाँ २० पैसामा १९ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ समूहको परिसूचक ०।८८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको परिसूचक १।०७ प्रतिशत र लघुवित्त समूहको परिसूचक ०।२२ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ।

यस दिन जीवन बीमा समूहको परिसूचक सर्वाधिक ४.४३ प्रतिशतले बढेको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



...
binance sign up bonus

Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

...
Crea account personale

Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

...
www.binance.info registrera dig

Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

...
Binance美国注册

Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. https://accounts.binance.com/de-CH/register?ref=W0BCQMF1

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested