English

सेयर बजारमा उत्साह कायमै



साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार १७.२६ अंकले बढेको छ। आज नेप्से परिसूचक ०.८५ अंकले बढेर २०४६.२६ बिन्दुमा पुगेर बन्द भएको छ।

नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि बढेको छ। गत कारोबार दिन अर्थात् बिहीबार २ अर्ब ८६ करोड ३ लाख ४५ हजार ७८१ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम बढेर आज ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार ५१० रुपैयाँ पुगेको छ। आज २६१ वटा धितोपत्रको १ करोड ८ लाख ८० हजार ५९०४ कित्ता सेयर किनबेच भएको छ।

आइतबार श्रृजनशिल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य १ हजार ९४१ रुपैयाँ ६० पैसा कायम भएको छ। यस्तै, खप्तड लघुवित्त र धैलागिरी लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य क्रमशः ९५९ रुपैयाँ ८० पैसा र १ हजार १५० रुपैयाँ २० पैसा कायम भएको छ।

यसैगरी, अजोड इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ। आज सेयर मूल्य सर्वाधिक घट्नेमा सिद्धार्थ इक्विटी फण्ड रहेको छ। उक्त योजनाको इकाई मूल्य ५.५७ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रुपैयाँ ३० पैसामा झरेको छ।

त्यस्तै, ८.५५ नेपाल बैंक डिवेञ्चर २०८७ को मूल्य ३.९२ प्रतिशतले घटेर प्रति डिवेञ्चर मूल्य ७८० रुपैयाँ कायम भएको छ।

आइतबार सर्वाधिक सेयर खरिद–बिक्री नबिल बैंकको भएको छ। आज उक्त कम्पनीको ८५४ रुपैयाँ ५० पैसामा २२ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। कम्पनीको मूल्य अघिल्लो दिनको तुलनामा १.३६ प्रतिशतले बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नेपाल दूर सञ्चार कम्पनी रहेकोे छ। उक्त कम्पनीको ९२२ रुपैयाँमा १९ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये विकास बैंक र वित्त समूहको परिसूचक ०.०६ र ०.१९ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ।

आज जीवन बीमा समूहको परिसूचक सर्वाधिक २.९९ प्रतिशतले बढेको छ। त्यस्तै, निर्जीवन बीमा समूहको परिसूचक १.९५ प्रतिशत, अन्य समूहको परिसूचक १.६४ प्रतिशत र लगानी समूहको परिसूचक १ प्रतिशतले बढेको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



...
Binance

Your article helped me a lot, is there any more related content? Thanks!

...
Binance推荐奖金

Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://www.binance.bh/register?ref=QCGZMHR6

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested