English

दुई दिन बढेको सेयर बजारमा सामान्य गिरावट



बुधबार सेयर बजार ११.८१ अंकले घटेको छ। आज नेप्से परिसूचक ०.६० अंकले घटेर १९७२.१५ बिन्दुमा पुगेर बन्द भएको छ।

गत दुई कारोबार दिन सेयर बजार ११६ अंकले बढेको छ। बढेको बजारमा नाफा बुक गर्ने लगानीकर्ता सक्रिय हुँदा नेप्सेमा करेक्सन आएको हो।

लगानीकर्ताको बजार बढ्दा भएको नाफा बुक गरिहाल्ने प्रवृत्तिका कारण बुधबार बजार सामान्य प्रभावित भएको हो। सोही कारण आज कारोबार रकम समेत घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात् मंगलबार ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार ९९७ रुपैयाँको सेयर कारोबार भएकोमा त्यो रकम घटेर आज २ अर्ब १५ करोड ३५ लाख ४७ हजार २०७ रुपैयाँमा सीमित भएको छ। आज २५७ वटा धितोपत्रको ६५ लाख ३० हजार ४१५ कित्ता सेयर किनबेच भएको छ।

बुधबार सेन्ट्रल फाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स, धैलागिरी लघुवित्त, खप्तड लघुवित्त र श्रृजनशिल लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

सेन्ट्रल फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ३२२ रुपैयाँ ३० पैसा, प्रभु लाइफ इन्स्योरेन्सको ३९२ रुपैयाँ ७० पैसा, धैलागिरी लघुवित्तको ९५० रुपैयाँ ७० पैसा, खप्तड लघुवित्तको ८३८ रुपैयाँ ८० पैसा र श्रृजनशिल लघुवित्तको सेयर मूल्य एक हजार ६०४ रुपैयाँ ७० पैसा र कायम भएको छ।

आज सेयर मूल्य सर्वाधिक घट्नेमा महुली लघुवित्त रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ५.२० प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार २० रुपैयाँमा झरेको छ।

त्यस्तै, सेयर मूल्य घट्ने दोस्रो कम्पनीमा अजोड इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको मूल्य ४.०६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३८५ रुपैयाँ २० पैसा कायम भएको छ।

बुधबार सर्वाधिक सेयर खरिद–बिक्री नबिल बैंकको भएको छ। यस दिन उक्त कम्पनीको ८३४ रुपैयाँ ९० पैसामा ८८ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिडी पावर कम्पनी रहेकोे छ। उक्त कम्पनीको ४७७ रुपैयाँमा ८० करोड ४९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त, जलविद्युत, जीवन बीमा, म्युचुअल फण्ड र निर्जीवन बीमा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।

आज होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २.१९ प्रतिशतले घटेको छ। त्यस्तै, लगानी समूहको परिसूचक १.०९ प्रतिशत, लघुवित्त समूहको परिसूचक १.०५ प्रतिशतले घटेको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



...
Crear cuenta personal

Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. https://www.binance.com/es/register?ref=RQUR4BEO

...
Binance推荐奖金

Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

...
免费gate io账户

Your article helped me a lot, is there any more related content? Thanks!

...
binance referral bonus

Reading your article helped me a lot and I agree with you. But I still have some doubts, can you clarify for me? I'll keep an eye out for your answers.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested