English

सेयर बजार स्थिर



साताको अन्तिम कारोबार दिन अर्थात बिहीबार सेयर बजार स्थिर रहेको छ। अघिल्लो कारोबार दिन बुधबार १८६७.२२ बिन्दुमा बन्द भएको बजार आज ०.०१ प्रतिशतले घटेर १८६७.२१ बिन्दुमा बन्द भएको हो।

नेप्से परिसूचक स्थिर रहेपनि आज कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् बुधबार ८६ करोड ३८ लाख १६ हजार ५६१ रुपैयाँको सेयर कारोबार भएकोमा त्यो रकम बढेर आज १ अर्ब ११ करोड ९७ लाख ९७ हजार ९२१ रुपैयाँ पुगेको छ।

आज २४७ वटा धितोपत्रको ३१ लाख ११ हजार ८३३ कित्ता सेयर किनबेच भएको छ। बिहीबार श्रृजनशिल लघुवित्त र धौलागिरी लघुवित्तको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।

श्रृजनशिल लघुवित्तको सेयर मूल्य १० प्रतिशत र धौलागिरी लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य क्रमशः एक हजार २०५ रुपैयाँ ८० पैसा र ७१४ रुपैयाँ ४० पैसा कायम भएको छ।

आज सेयर मूल्य सर्वाधिक घट्नेमा आँधिखोला लघुवित्त रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ७.७० प्रतिशतले घटेर प्रति कित्ता मूल्य १ हजार ५३० रुपैयाँमा झरेको छ।

त्यस्तै, दोस्रोमा बलेफी हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको मूल्य ५.४९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २३२ रुपैयाँ ५० पैसा कायम भएको छ।

बिहीबार सर्वाधिक सेयर खरिद–बिक्री नेपाल दूरसञ्चार कम्पनीको भएको छ। आज उक्त कम्पनीको ९५३ रुपैयाँमा १४ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३.९३ प्रतिशतले बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा एनआईसी एशिया बैंक रहेकोे छ। उक्त कम्पनीको ६६५ रुपैयाँ २० पैसामा ५ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ, म्युचुअल फण्ड र अन्य समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।

आज अन्य समूहको परिसूचक सर्वाधिक २.०४ प्रतिशतले बढेको छ। त्यस्तै, होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २.२८ प्रतिशतले घटेको हो।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



...
注册Binance

Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

...
binance

Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested