English

फुटेको ओठलाई यसरी बनाउनुहोस् सुन्दर



मान्छेहरूको अङ्गहरूमध्ये ओठ एक संवेदनशील र महत्त्वपूर्ण अङ्ग हो । यो पातलो छालाबाट नरम बनेको हुन्छ । जसका कारण ओठमा धेरै पटक फरक नजर पर्छ ।

कहिले मौसम बदल्नाले त कहिले पोषणको कमीले गर्दा छालामा नराम्रो प्रभाव पर्न जान्छ । छाला मात्र नभई जाडोमा ओठ ड्राई हुन थाल्छ । ओठ फुट्ने समस्या मौसम बदलिँदा ओठ फुट्ने गर्छ ।

खास गरी, जाडोको समयमा ओठ फुट्ने समस्या बढी हुने गर्छ । आउनुहोस् हामी केही तरिकाहरू बताउँछौँ जसको मद्दतले ओठ फुट्ने समस्याबाट मुक्त भई तपाईँको ओठलाई नरम राख्न मद्दत गर्छ ।

बेसार

यदि, धेरै ओठ फुटेको छ र रगत पनि आएको छ भने दुई चिम्टी बेसारमा चार चम्चा दूध मिलाएर ओठमा दैनिक सुत्नुअघि ओठमा लगाएर सुत्नुपर्दछ । यसो गर्नाले तपाईँको ओठ फुट्नबाट बचाउन सकिन्छ ।

नरिवल र मह

एक चम्चा नरिवलको तेलमा एक चम्चा मह दुई चम्चा ब्राउन सुगर र आधा चम्चा तातो पानी मिलाएपछि गाढा पेस्ट तयार हुन्छ । त्यसपछि यो मिश्रणलाई ओठमा लगाई ५ देखि १० मिनेटसम्म लगाएर धोएमा ओठ फुट्नबाट जोगिन्छ ।

सुन्तलाको बोक्रा

तपाईँले सबैभन्दा पहिला सुन्तलाको बोक्रालाई सुकाएर पाउडर बनाउनुपर्दछ । त्यसपछि, दुई चम्चा सुन्तलाको धुलोलाई, दुई चम्चा ब्राउन सुगर र बदामको तेल मिलाई गाढा मिश्रण तयार गर्नुपर्छ । यसरी बनेको पेस्टलाई ओठमा लगाई केही समयपछि तातो पानीले सफा गर्नुपर्दछ ।

यो पनि…
प्राकृतिक चियाले तीन हप्तामा कपाल झर्न रोक्छ
सानै उमेरमा कपाल सेतो हुन्छ ? अपनाउनुहोस् यी आयुर्वेदिक विधि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested