English

बढ्यो अमेरिकी डलरको भाउ



नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ। शुक्रबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ १२ पैसा र बिक्रीदर १३२ रूपैयाँ ७२ पैसा कायम गरिएको छ।

बिहीबार अमेरिकी डलर एकको खरिददर १३१ रूपैयाँ ६४ पैसा र बिक्रीदर १३२ रूपैयाँ २४ पैसा कायम गरिएको थियो। डलरको मूल्य अघिल्लो दिनको तुलनामा ४८ पैसा बढेको हो।

युरोपियन युरो एकको खरिदमा भने १४० रूपैयाँ ३२ पैसा र बिक्रीमा १४० रूपैयाँ ९६ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६३ रूपैयाँ १ पैसा र बिक्रीदर १६३ रूपैयाँ ७५ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रूपैयाँ ४८ पैसा र बिक्रीमा ८९ रूपैयाँ ८९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ३६ पैसा र बिक्रीमा ९७ रूपैयाँ ८० पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ १ पैसा र बिक्रीमा ३६ रूपैयाँ १७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ १४ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३० पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९७ पैसा र बिक्रीमा ३६ रूपैयाँ १३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २९ रूपैयाँ ९१ पैसा र बिक्रीमा ३० रूपैयाँ ४ पैसा पाइन्छ।

शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ९९ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ९५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ४६ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ५ पैसा तोकिएको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

नेपालगञ्ज, ११ फागुन : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालगञ्जको सेतु बिकेचोकमा र दाङको घोराहीस्थित तुलसीपुरचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested