१९ सय बिन्दु माथि उक्लियो सेयर बजार
सोमबार सेयर बजार १६.९७ अंक अर्थात् ०.९० प्रतिशतले बढेर १९०२.२८ बिन्दुमा पुगेर बन्द भएको छ।
नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् आइतबार १ अर्ब १० करोड ३४ लाख ४ हजार ४५ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम बढेर आज १ अर्ब ३६ करोड ६० लाख १० हजार ४६४ रुपैयाँ पुगेको छ।
आज २४५ वटा धितोपत्रको ४४ लाख ७० हजार ६२५ कित्ता सेयर किनबेच भएको छ। सोमबार समिट लघुवित्त र सिवाइसी लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। दुवै लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएसँगै सर्किट लागेको हो।
समिट लघुवित्तको सेयर मूल्य प्रतिकित्ता एक हजार १६६ रुपैयाँ २० पैसामा बन्द भएको छ। त्यस्तै, सिवाइसी लघुवित्तको सेयर मूल्य प्रति कित्ता मूल्य दुई हजार ५४ रुपैयाँ ८० पैसा कायम भएको छ।
आज सेयर मूल्य सर्वाधिक घट्नेमा ग्लोबल आइएमई ब्यालेन्सड् फण्ड–१ रहेको छ। उक्त योजनाको इकाइ मूल्य ९।९३ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रुपैयाँ ९३ पैसामा झरेको छ। त्यस्तै, कुमारी धनवृद्धि योजनाको इकाइ मूल्य ५।७१ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रुपैयाँ २५ पैसामा बन्द भएको छ।
सोमबार सर्वाधिक सेयर खरिद–बिक्री नबिल बैंकको भएको छ। आज उक्त कम्पनीको ८१५ रुपैयाँमा २१ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३.६६ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा कुमारी बैंकको संस्थापक सेयर रहेकोे छ। उक्त कम्पनीको १०२ रुपैयाँमा १० करोड ९८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ समूहको परिसूचक ०।५८ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
आज अन्य समूहको परिसूचक सर्वाधिक ६.१४ प्रतिशतले बढेको छ। त्यस्तै, विकास बैंक, वित्त, होटल्स तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन, र म्युचुअल फण्ड समूहको परिसूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ।
यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का









binance h"anvisningsbonus
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. https://www.binance.com/sl/register?ref=GQ1JXNRE