सुनको भाउ प्रतितोला एक लाख नाघ्यो
नेपाली बजारमा सुन–चाँदीको मूल्य बढ्ने क्रम जारी रहेको छ। शुक्रबार सुनको मूल्य तोलाको एक लाख रुपैयाँ नाघेको छ। अघिल्लो कारोबार दिन प्रतितोला चार सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला छ सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला ९९ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो। बिहीबारको तुलनामा आज चाँदी प्रतितोला ३० रुपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ९७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात










gate io
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.