English

सेयर बजारमा दोहोरो अंकको गिरावट



सोमबार सेयर बजार २४.४६ अंकले घटेको छ। आज नेप्से १.२५ प्रतिशतले घटेर १९३८.७६ बिन्दुमा पुगेर बन्द भएको हो। नेप्से परिसूचक घटेपनि आज कारोबार रकम भने बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात् आइतबार १ अर्ब ५६ करोड १७ लाख २ हजार ९९२ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम बढेर आज १ अर्ब ६७ करोड ४ लाख ५५ हजार ३४ रुपैयाँ पुगेको छ। आज २४० वटा धितोपत्रको ४१ लाख २७ हजार २८७ कित्ता सेयर किनबेच भएको छ।

सोमबार सयपत्री हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ। कम्पनीको सेयर मूल्य ३.१२ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता मूल्य ३६४ रुपैयाँमा बन्द भएको छ। त्यस्तै, एनआइसी एशिया सेलेक्ट फण्ड ३० को इकाइ मूल्य २.५६ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ८ रुपैयाँ कायम भएको छ।

यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा अजोड इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ७.३७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४१५ रुपैयाँमा झरेको छ। त्यस्तै, सिटिजन्स म्युचुअल फण्ड–१ को इकाइ मूल्य ५.७७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ७ रुपैयाँ ३५ पैसामा बन्द भएको छ।

सोमबार सर्वाधिक सेयर खरिद–बिक्री रिडी पावर कम्पनीको भएको छ। आज उक्त कम्पनीको ४९७ रुपैयाँमा ३० करोड ८३ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा २.९४ प्रतिशतले घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा शिवम् सिमेन्ट रहेकोे छ। उक्त कम्पनीको ५८४ रुपैयाँमा ९० पैसामा २० करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो। आज उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक २.३७ प्रतिशतले घटेको छ भने वित्त समूहको परिसूचक २.३७ प्रतिशतले घटेको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested