मुक्तिनाथ विकास बैंकद्वारा ग्राहकहरूलाई ‘द डालो रेष्ट्रो’मा विशेष छुट
मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई थप सेवा दिने उद्देश्यका साथ बसुन्धराको ‘द डालो रेष्ट्रो’ रेस्टुरेन्टसँग फुड एण्ड बेभरेजमा १० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
विकास बैंकका भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले बसुन्धराको ‘द डालो रेष्ट्रोे’ मा फुड एण्ड बेभरेजमा विशेष १०% छुट प्राप्त गर्न सक्नेछन् । साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभर रहेको VISA Network मा आवद्ध अन्य जुन सुकै बैंकको ATM Machine बाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङले बताए ।

त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाइल बैंकिङ्ग, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
यो पनि…
कामना सेवा विकास बैंकले थप्यो एकैपटक ३ शाखा
रेमिट्यान्सको सीमा घट्यो









Alethea
Thanks very interesting blog! Feel free to surf to my page; crypto platform