English

सेयर बजारमा झिनो अंकको वृद्धि



साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार २.१६ अंकले बढेको छ। आज नेप्से ०.११ प्रतिशतले बढेर १९६३.२२ बिन्दुमा पुगेर बन्द भएको हो।

नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् बिहीबार १ अर्ब ३२ करोड २९ लाख ७२ हजार १८८ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम बढेर आज १ अर्ब ५६ करोड १७ लाख २ हजार ९९२ रुपैयाँ पुगेको छ। आज २४३ वटा धितोपत्रको ३६ लाख ९४ हजार ८४ कित्ता सेयर किनबेच भएको छ।

आइतबार धैलागिरी लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३२१ रुपैयाँ ८० पैसामा बन्द भएको छ।

त्यस्तै, ओरियन्टल होटल्सको सेयर मूल्य ६.५७ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ५१९ रुपैयाँ कायम भएको छ। आज सेयर मूल्य सर्वाधिक घट्नेमा नेष्डो समृद्ध लघुवित्त रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ६.११ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३ हजार ३९४ रुपैयाँ झरेको छ।

त्यस्तै, नबिल बैंकको सेयर मूल्य ३.४० प्रतिशतले घटेर प्रति सेयर मूल्य ८८२ रुपैयाँमा बन्द भएको छ। आइतबार सर्वाधिक सेयर खरिद–बिक्री नबिल बैंकको भएको छ। आज कम्पनीको १९ करोड ८० लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नेष्डो समृद्ध लघुवित्तको रहेकोे छ। उक्त कम्पनीको तीन हजार ३९४ रुपैयाँमा ८ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ५ समूहको परिसूचक घटेको छ भने बाँकी ८ समूहको परिसूचक बढेको छ। आज जीवन बीमा समूहको परिसूचक सर्वाधिक १.९८ प्रतिशतले बढेको छ। त्यस्तै, होटल्स तथा पर्यटन समूहको परिसूचक १.६५ प्रतिशतले बढेको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested