लायन्स तथा लियो क्लबको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम
काठमाण्डौंस्थित सोह्रखुट्टेमा बिहीबार ‘सबैभन्दा पहिले मानिस बाँच्नुपर्छ’ भन्ने उद्देश्यका साथ ४३ पाउन्ड रगत सङ्कलन गरिएको छ । डेंगु लगायतका विभिन्न प्रकोपमा रगतको अभाव भएका कारण रगत सङ्कलन गरिएको हो ।

लायन्स क्लब अफ काठमाण्डौं ब्राईट स्टार र लियो क्लब अफ काठमाण्डौं ब्राईट स्टार डिस्ट्रिक ३२५ एम को संयुक्त आयोजनामा भएको उक्त कार्यक्रम नेपाल रेडक्रस सोसाइटी, ब्लड डोनर्स सङ्घ काठमाण्डौं मीड च्याप्टर तथा कान्तिपुर अस्पताल तीनकुनेको प्राविधिक सहयोग र हाम्रो उद्यमी बचत तथा ऋण सहकारी संस्था लि। तथा एस हिमालयन क्याफे प्रा. लि. को विशेष सहयोगमा सम्पन्न भएको हो।

कार्यक्रममा ४३ जनाले रक्तदान गरेका थिए। स्वास्थ्यको कारण करिब ५० जनाले रक्तदान गर्न पाएनन् । सहभागीहरूको उत्सुकता निकै स्व स्फूर्त देखिएको र उक्त रक्तदान कार्यक्रम लाई सफल बनाउन सबैको सहयोगको प्रशंसा गर्दै लायन्स क्लब अफ काठमाण्डौं ब्राईट स्टारका अध्यक्ष तथा कार्यक्रम संयोजक राम शरण ढकाल ले धन्यवाद व्यक्त गरेका थिए।

लायन्स क्लब अफ काठमाण्डौं ब्राईट स्टारले धेरै पटक रक्तदान कार्यक्रम र अन्य धेरै सामाजिक कार्यहरू गर्दै आएको क्लबकी पूर्व अध्यक्ष शोभा कुमारी वडाले बताइन् । क्लबकी उपाध्यक्ष प्रविना रावलले यस कार्यक्रमले धेरै जनालाई रगतको अभावबाट वञ्चित हुन नपर्ने बताइन्। कार्यक्रमको प्राविधिक पक्षमा ब्लड डोनर्स सङ्घ काठमाण्डौं डिस्ट्रिक मीड च्याप्टरका आरबि ठकुरीको विशेष पहलकदमी रहेको थियो।

लियो क्लब अफ काठमाण्डौं ब्राईट स्टारका अध्यक्ष आशिप बिके सह संयोजक रहेको उक्त कार्यक्रम राईज मिडिया नेटवर्क का मार्केटिङ परामर्शदाता, अर्थ तथा विप्रेषण विज्ञ धिरेन्द्र पन्त, एनआईसी एसिया क्यापिटलका प्रतिनिधिहरू अभिषेक झा तथा आर्या धिताल, माछापुच्छ्रे बैैंक सोह्रखुट्टे शाखाका प्रमुख कैलाश खरेल, ईजिलिंक रेमिट्यान्सका सञ्चालक दीपेन्द्र खनाल लगायतको आतिथ्यतामा सम्पन्न भएको थियो ।






यो पनि…
रक्तदान गर्नेहरुको संख्यामा कमी, नेपालमा दैनिक कति रगत चाहिन्छ ?










b"asta binance h"anvisningskod
I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.